arrow

घाँस काट्न गएका दुई महिलामाथि ४ भालुको आक्रमण, अवस्था गम्भीर

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
bear-attack-women.jpg

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका ४ खातीगाँमा  मंगलबार विहान ७ बजे जंगली भालुको आक्रमणबाट दुई जना महिला गम्भीर घाइते भएकी छन् ।
 
गाउँ नजिकैको जंगलमा घाँस दाउरा ल्याउन गएका बेला ४ भालु आएर आक्रमण गरेपछि दुई जना महिला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं  भाटले जानकारी दिएका छन्  ।
 
उनले दिएको जानकारी अनुसार घाइते हुनेमा ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी रहेको प्रहरी प्रमुख भाटले बताए ।  घाईतेको डोगडी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ ।

घाइते मध्ये ५२ वर्षीया जलु धामीको अवस्था भने गम्भीर रहेको प्रहरी नायव उपरिक्षक भाटको भनाई रहेको छ । भालुको आक्रमणबाट गत वर्ष सदरमुकाम मार्तडीमा एक बालिकालाई खेतमा काम गरिरहेको बेला आक्रमण गरी घाइते बनाएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ