arrow

पाल्पामा २१.६ प्रतिशत जनता बहुआयमिक गरिबी रेखामुनि

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
palpa4.jpg

पाल्पा । प्रदेश पाँचका १२ जिल्ला मध्ये  पाल्पामा २१.६ प्रतिशत जनता  बहुआयमिक  गरिबीको रेखामुनि रहेको पाईन्छ । दुई लाख ६१ हजार १ सय ८० जनसंख्या मध्ये २१.६ प्रतिशत जनता गरिबीको रेखामा रहेका हुन् ।

 राष्ट्रिय योजना आयोगको पछिलो तथ्यांक अनुसार पाल्पाको बहुआयमिक गरिबीको प्रतिशत २१.६ रहेको हो ।  बहुआयामिक गरिबीले पोषण, बाल मृत्युदर, शिक्षा, खाना पकाउने इन्धन, सरसफाई, खानेपानी सुविधा, विजुली, भुइँ तथा छानाको अवस्था र सम्पतिको स्वामित्व आदिलाई समेटेको छ ।  प्रदेशमा १५ लाख नागरिक बहुआयामिक गरिबीको रेखामा रहेका छन् ।

यो प्रदेश बुआयमिक गरिबीको दोस्रो स्थानमा रहेको छ । प्रदेशलाई संख्यामक रुपमा दोस्रो  बहुआयामिक गरिबी भएको प्रदेशका रुपमा लिइएको पाईन्छ  ।  गरिबीको अनुपात २९.९ प्रतिशत रहेको छ, जुन राष्ट्रिय औसत २८.६ प्रतिशत भदा बढी हो ।  प्रदेश ५ मा ४४ लाख ९९ हजार २ सय ७२ जनसंख्या रहेको छ । यो प्रदेशको बहुआयामिक गरिबीको सूचक ०.१३३ रहेको छ जुन राष्ट्रिय औषत ०.१२७ भदा बढी  हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ