arrow

'सिंहदरवारको अधिकार बालुवाटारमा भित्रीदै'

logo
जीवन शर्मा,
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
baluwatar-pm-quarter.jpg

ओखलढुंगा ।  वर्तमान सरकारले सिंहदरवारको अधिकार बालुवाटारमा भित्र्याउने पद्दतिको विका गर्दै आएको पूर्व सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले बताएका छन् । नेपाल प्रेस युनियन ओखलढुंगाले गरेको पत्रकार भेटघाट कार्यक्रममा बस्नेतले संविधानले सिंहदरवारको अधिकार गाउ गाउ पुर्याउने व्यवस्था गरेपनि अहिले केपी शर्माओली सरकारले उक्त अधिकारलाइ बालुवाटार भित्र्याउने प्रयास गरिरहेको बताएका हुन ।

संघिय संरचनालाइ व्यवहारमा उतार्ने भन्दापनि संघिय व्यवस्थाको मर्म र भावना विपरित वर्तमान सरकारले काम गर्दै आएको उनले आरोप लगाए । ‘‘स्थानीय र प्रदेश सरकार बाट सङ्घिय सरकाले व्यापक विरोध भैरहेको छ ।’ उनले भने, देशमा आर्थिक सामाजिक र राजनीतिक अस्तिरता बढ्दै गएको छ ।’’ धार्मीक असहिष्णुता, प्रेस स्वतन्त्रतामाथि कुण्ठीत हुने काम सरकारबाटै भैरहेको छ ।

स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै बस्नेतले स्वास्थ्य र शिक्षालाइ सरकारले व्यापार गर्ने थलो बनाएको आरोप लगाए । देश आर्थिक समृद्धिमा जोडिनु पर्ने बताउदै बस्नेतले प्रधानमन्त्री ओलीलाई नागरिकमा भ्रम छरेर बक्मफुसे कुरा गर्नुभन्दा आर्थिक सामाजिक समृद्धितर्फ लाग्न सुझा दिए ।  

नेकपा भित्रैबाट सरकारको काम प्रति असन्तुष्टि जनाउनुले दुइ तिहाइको सरकार पूर्णरुपमा असफल भएको भनेर बुझ्न सकिने भन्दै सरकाले कालाबजारी, भ्रष्टाचारी, बलत्कारी, तस्करी र हत्याराहरुलाइ प्रश्रय दिएर नागरिकको अधिकार कुण्ठीग गर्न लागेको बस्नेतले बताए । नेपाल संस्कृतिक संघको कार्यक्रममा आएका बस्नेत आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।  
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ