arrow

विदेशी शक्तिको हस्तक्षेपलाई प्रधानमन्त्रीबाटै प्रश्रय : शंकर भण्डारी

logo
जीवन शर्मा,
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
shankar-bhandari.jpg

ओखलढुंगा । नेपालमा कम्युनिष्टको सरकार गठन भएयता विदेशी शक्तिकेन्द्रको हस्तक्षेप बढेको पूर्व वन मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले बताएका छन् । केपी ओली सरकार विदेशीको कठपुतली बनेर बाह्य शक्तिको हस्तक्षेप लाइ प्रश्रय दिएको बताएका हुन् ।

नेपाल संस्कृतिक संघ ओखलढुंगाले आयोजना गरेको सांस्कृतिक कार्यक्रमलाइ सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने वेलामा बाटो विराएर ओली सरकार उखान र टुक्कामा केन्द्रीत भएको बताए । पत्रकारहरुसंग कुरागर्दै भण्डारीले नेपालको समृद्धि र पहिचानमा हिन्दुत्व जोडिएको बताए  । उनले भने, ‘धर्मलाइ अफिम भन्नेहरुले बाह्रय आयातित धर्मलाइ डलरसंग साटेर भित्र्याउदै छन ।’

वर्तमान सरकार नोकर शाहको एजेन्ट बनेर नेपाल र नेपालीको भविश्यमाथि खेलवाड गर्दै आएको उनले आरोप लगाए । देशमा महंगि भ्रष्टाचार, हत्याहिंसा बढाउने प्रयत्नमा सरकार आफै लागेको बताउदै डलर लिएर कृश्चियानीटी भित्र्याउदै धार्मीक असहिष्णुता कायम गर्न खोजेको भण्डारीले जिकीर गरे । फरक प्रसंगमा उनेले भने, 'नेपाली कांग्रेसले जलश्रोत, कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा राष्टिय निति लिएर समृद्ध राष्ट्र निर्माणको अभियानलाइ लाग्ने छ ।’

उनले कांग्रेसको संगठनलाइ चलायमान बनाउन विधान संशोधनको तयारीमा रहेको बताउदै आगामी महासमिति भेलाले राष्टिय महत्वका एजेण्डाहरु तयार गर्ने बताए । अहिलेसम्म भएका,आर्थिक सामाजिक, राजनीतक तथा शैक्षिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको र संविधान निर्माढा समेत कांग्रेसकै नेतृत्वमा भएकाले पार्टी भित्रका केही कमी कमजोरीलाइ सुधार्दै अव देश र जनतामा पक्षामा राष्टिय निति बनाएर अघि बढ्ने धारण व्यक्त गरे ।

 सरकारलाइ समर्थन गरेका मधेशबादी दलहरुले समेत आफ्ना एजेण्डा स्थापित गर्न नसकेर आफ्नो भूमिका प्रति नै  अलमलमा परेको भन्दै भण्डारीले वर्तमान केपी ओली नेतृत्वकोृ सरकार आलोचना गर्न समेत अयोग्य ठहरीएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ