arrow

विराटनगरका मेयर पराजुलीले दिए बच्चा वार्ड र प्रसुती गृहलाई एसी

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
ac.jpg

विराटनगर । विराटनगर महानगरले कोशी अञ्चल अस्पताललाई पाँच थान एसि प्रदान गरेको छ । अस्पताललाई सुधार गर्ने अभियानमा सरिक भएका मेयर पराजुलीले केहिसमय अगाडी बच्चा वार्ड र प्रसुति गृहमा एसि दिने घोषणा गरेका थिए ।  सोहि घोषणा कार्यान्वयन गर्दे मेयर पराजुलीले मंगलवार एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण गरेका हुन् ।

 हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पराजुलीले सवैको सहयोग रहे कोशी अञ्चल अस्पतालले सवै सेवा प्रबाह गर्न सक्ने बताए । अस्पतालमा सबैको पहुच पुग्ने गरी विकास र उपलब्ध साधन भित्राउन स्थानीय ,प्रदेश र संघीय सरकार सकारात्मक हुन आबश्यक रहेको औल्याए  ।

 महानगरले उपलब्ध गराएको एसी बुझ्दै अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन पोखरलेलले स्थानीय सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा गरे। सवैले मेरै अस्पताल हो भनेर काम गर्न सके अञ्चल अस्पतालले सेवाप्रबाह सहजरुपमा गर्न सक्ने बताए ।

 यस्तै अस्पताल परिसरको सडक व्यवस्थापनमा समेत मेयर पराजुलीले अग्रसरता लिएर पिच गर्ने काम सम्पन्न गरेका छन्  । कार्यक्रममा वार्ड नं ७ का वडाध्यक्ष मधुबावु तिवारी,अञ्चल अस्पतालको प्रसुती विभाग प्रमुख डां संगिता मिश्र ,प्रशासन प्रमुख नबराज लुइटेल लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ