arrow

८० वर्ष नाघेका जेष्ठ नागरिकलाई औषधी उपचार बापत्त पाँच हजार दिँइदै

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
phidim_nagarpalika_map.png

पाँचथर । पाँचथर फिदिम १ का भिम प्रसाद भट्टराई अहिले ८६ बर्ष पुगे,उनलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । उनले उक्त भत्ता लिइरहेका छन् , अहिले औषधी उपचार बापत्त फिदिम नगरपालिकाले ५ हजार रुपैयाँ नगद दिँदा उनि खुशीले आश्चर्य चकित भए ।

उनले भने,“ मलाई थाहा पनि दिएन् फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङले घरमै आएर बा तपाईहरु जस्ता वृद्धवृद्धालाई औषधी उपचार गर्न भनेर फिदिम नगरपालिकाले ५ हजार रुपैया दिन्छ, नगरपालिकामा लिन आउनु भनेपछि म गएर रकम लिएँ खुशीले दंग परे ।”

यस्तै फिदिम ४ का ८६ बर्षिय कुल बहादुर खत्रीले भने,“आफूलाई घरमै नगरपालिकाका कर्मचारी आएर औषधी उपचार बापत्तको रकम दिएकोले अन्यन्तै हर्षित भएको छु ।” उनले थपे,“नगरपालिकाका जनप्रतिनिधीहरुले अत्यन्तै राम्रो काम गरे,नगरपालिकाको सुब्यभाब्य होस्,हामी जस्ता अस्ताउन लागेका वृद्धवृद्धाहरुलाई औषधी उपचार बापत्त यति रकम दिएकोले हामी हर्षित छौ ।”

 फिदिम नगरपालिकाले अहिले ८० बर्ष पार गरेका वृद्धवृद्धाहरुलाई औषधी उपचार बापत्त ५ हजार रुपैया रकम प्रदान गरिरहेको फिदिम नगरपालिका प्रमुख ओनाहाङ्ग नेम्बाङ्गले बताए ।

फिदिम नगरपालिकाका १४ वटै वडाका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचार बापत्त नगरपालिकाले ५ लाख रुपैया रकम विनियोजन गरेको उनले बताए ।

घरपरिवारले समेत वृद्धवृद्धालाई औषधी उपचार नगरिदने र उपचार गर्न खर्च समेत उनीहरु सँग नहुने भएको हुँदा नगरपालिकाले औषधी उपचार बापत्तको रकम नगरले उपलब्ध गराएको उनले बताए । नागरिकताको फोटोकपी,र उपचार गरेको बिलको आधारमा नगरपालिकाले रकम उपलब्ध गराइरहेको फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी डम्बर बहादुर आङदेम्बेले बताए ।

अहिलेसम्म झण्डै ७० जना जेष्ठ नागरिकले औषधी उपचार बापत्तको रकम बुझेको नगरपालिकाले जनाएको छ ।

 अव टाढाका जेष्ठनागरिकलाई वडामै औषधी उपचार बापत्तको रकम दिने फिदिम ४ का वडाअध्यक्ष प्रकाश गुरुङले बताए । यस कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तर दिने उनको भनाई छ ।औषधी उपचार बापत्तको रकम दिँदा जेष्ठ नागरिकहरु हर्षित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ