arrow

धनकुटामा प्रहरी साझेदारी अभियान शुरु

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
dhankuta-police.JPG

धनकुटा । समुदाय प्रहरी साझेदारी अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र सम्वाद समुह धनकुटा तथा जिल्ला प्रहरी कार्यालय धनकुटा प्रहरी विद्यालय सम्पर्क समितिको समन्वयमा मंगलबारदेखी धनकुटामा लागुऔषध नियन्त्रण र साइबर क्राइम सम्वन्धि सचेतना  अभियान कार्यक्रम शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र वहादुर गुरुङ्गले उक्त लागुऔषध तथा दुव्र्यसनी नियन्त्रण र साईवक्राम सचेतना अभियानको धनकुटा नगरपालिका वडा नं. ५ स्थित गोकुण्डेश्वर बाल मन्दिर माविमा शुभारम्भ गर्दै लागुऔषध नियन्त्रण र साईवरक्राम हुन नदिनका लागी सवैको सहयोग महत्वपूर्ण रहेकाले सहयोग गर्न सवैमा अपिल गरे ।

गोकुण्डेश्वर बाल मन्दिर  माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक जिवन श्रेष्ठको अध्यक्षतामा भएको अभियानको उद्घाटन तथा शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै  अभियानको उदेश्यमाथि सम्वाद समुह धनकुटका सदस्य विजय सन्तोषी राईले प्रकाश पार्दै लागुऔषध दुव्र्यसनी तथा साईवरक्रामले टिन एजका विद्यार्थीहरुलाई नराम्रोसंग प्रभाव पार्ने भएकाले सचेतना कार्यक्रम संचालन गरिएको वताए ।

सो अवसरमा  सहभागी विद्यार्थी भाईवहिनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटका असई नोट प्रसाद धमलाले साइबर क्राइमगर्दा हुने कानुनी कारवाहीको व्यवस्था र यसको रोकथामको विषयमा र दागुऔषध तथा दुव्र्यसनी नियन्त्रणको विषयमा जानकारी दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ