arrow

दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ : प्रचण्ड

logo
प्रकाशित २०७५ मंसिर १८ मंगलबार
pmprachandadahal.jpeg

तौलिहवा ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएको बताएका छन् ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा मंगलबार आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताए ।

ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको उनले बताए ।

नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको बताए । चीनसँग चार वटा बन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दावी गर्दै अध्यक्ष दाहालले अब देश भूपरिवेष्ठित देशको रुपमा होइन, समुन्द्रसँग जमीनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने बताए।

तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न सरकार अघि बढेको उनले बताए ।

यसैगरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उनले बताए ।

देश भित्रका लगानीकर्तालाई उत्प्रेरित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न अध्यक्ष दाहालले सरकारलाई आग्रह समेत गरे। आन्तरिक लगानी प्रवद्र्धन भए मात्रै विदेशी लगानी भित्र्याउन सकिने भन्दै उनले यसका लागि सरकार संवेदनशील भई स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत रुपमा अघि बढेको बताए ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । आजबाट शुरु भएको दशौँ कपिलवस्तु महोत्सव मङ्सीर १ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ३०० बढी विभिन्न कक्ष रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ