arrow

सामाजिक सुरक्षामा प्रधानमन्त्री ओलीले भुलेका ती ३ 'नयाँ युग'

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
pm-oli-5.JPG

काठमाडौं । सामाजिक सुरक्षा योजना लागु गरेको दिन सरकारले धुमधामका साथ यसको प्रचार गर्यो । क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा गएर धेरै आलोचना भएपछि सरकारले यो विषयमा त्यति धेरै प्रचार गर्न त भ्याएन । तर, प्रधानमन्त्रीको फोटो राखेर जुन दुईदिनको प्रचार थियो यसमा ओलीले पनि ०५१ सालमा पाएको तत्कालीन मनमोहन अधिकारीको जस्तो दीर्घकालसम्मको लागि जश पाउने प्रयास गरेका छन् । त्यो उनको धेरै आलोचना भएपछि यसै तुहिने संकेत देखिएको छ । 

सामाजिक सुरक्षा समाजका श्रमिकहरुको लागि महत्वाकांक्षी योजना हो । यसमा कुनै दुईमत छैन । तर, यो सामाजिक सुरक्षा योजनाको पछाडि अन्य व्यक्ति र दलहरुको भूमिका विर्सिएर नयाँ युगको नामबाट सुरु गरेको यो प्रचारको धेरै हदसम्म आलोचना मात्रै भयो । यसको प्रसंशा गर्नेहरु एकाध मात्रै भेटिए । 

प्रधानमन्त्रीले विर्सिएको ३ युग 
ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुस्कर आचार्यले यो नेपाली काँग्रेसले तत्कालीन समयमा २०५४ सालमा पेश गरेको प्रस्ताव बताएका छन् । जसको कार्यकालमा लागु भएपनि यो जनहितको लागि भने अवश्य पनि छ । सोही संगठनका महासचिव अजय कुमार राई भन्छन् यो सामाजिक सुरक्षा कार्यक्रम श्रमिकहरुको अधिकारका लागि एटा कोशेढुंगा हो । यो हामीले पार गरेका छौं । अब यसको कार्यान्वयन राम्रोसँग भयो भने श्रमिक अधिकारको लागि यसले धेरै हदसम्म काम गर्दछ । 

सामाजिक सुरक्षा सम्बन्धी प्रस्ताव तत्कालीन आनन्द सांसद् आनन्द ढुंगानाले ०५४ सालमा गैर सरकारी विधेयकको रुपमा संसद् प्रस्तुत गरेका थिए । तत्कालीन ट्रेड युनियन अध्यक्ष लक्ष्मण बस्नेतको विशेष पहलमा तत्कालीन प्रतिपक्षी दल काँग्रेस सांसद् ढुंगानाले यस्तो प्रस्ताव पेश गरेका हुन् । यो वास्तवमा भन्ने हो भने श्रमिकहरुको लागि यो पनि नयाँ युगको सुरुवात हुनुपर्ने हो । नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष रेसमराज रेग्मीले यो २०५४ सालमा नै सुरुवात भएको बताए । 

त्यसपछि २०७२ सालको संविधानमा नै सबै दलहरुको सहमतिमा यस्तो प्रस्ताव राखिएको थियो । त्यो पनि युग परिवर्तन गर्ने कार्य नै थियो । त्यो पनि ओलीले भुलेको एउटा युग हो । यो भन्दा पनि ठूलो अर्काे युग २०७४ सालमा सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित हुनु नै नयाँ युगको सुरुवात हो । तर, ओलीले पनि यो युग सम्झन सकेनन् । 

अर्काे तत्कालीन बाबुराम भट्टराई प्रधानमन्त्री बनेको समयमा पनि सामाजिक सुरक्षा तर्फ एक प्रतिशत कर उठाउन सुरुवात भएको थियो । त्यतिबेला अर्थमन्त्री थिए सुरेन्द्र पाण्डे । त्यतिबेला २०५१ सालदेखि सुरु गरेको बृद्ध भत्ताकोलागि पैसा अपुग भईरहेको थियो । त्यही पुर्याउनको लागि सरकारले त्यतिबेला एक प्रतिशत सामाजिक सुरक्षा कर उठाउन थालेको थियो । त्यसको पछि विरोध भएपछि सरकारले उठाएको सामाजिक सुरक्षा कर छुट्टै कोषमा राख्न थालिएको हो । 

यसरी प्रधानमन्त्री ओली कै शब्दमा भन्दा यस्ता युग परिवर्तन समय समयमा भईरहेका थिए । तर, एउटा ऐन बनिसकेको कामलाई कार्यविधि बनाएर घोषणा कार्यक्रमलाई नै युग परिवर्तनको संज्ञा दिएर गरिएको प्रचार आलोचनाबाट ग्रस्त भएका ओलीको जनता झुक्याउने खेल बाहेक केही पनि होईन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ