arrow

पश्चिमी वायुले मौसम बद्ली 

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
ktm-bad-weather.jpeg

काठमाडौं । पश्चिमी वायुको प्रभाव परेसंगै बुधबार बिहानदेखि उपत्यकासहित देशभरको मौसममा बद्ली भएको छ । मौसमले दिन भरि नै असर गर्न सक्ने र्मासम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् । 

उनले भनिन्, ‘दिनभर मौसम खुल्ने सम्भावना छैन ।’ उनका अनुसार राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्न सक्नेछ ।

मौसमले केही दिन दुःख दिन सक्ने उनले बताइन् । उपत्यकासहित देशभरकै तापक्रम पनि घटेको छ । 

मौसममा आएको खरावीका कारण भिजिबिलिटी कम हुँदा हवाई क्षेत्रमा असर परेको छ । उडान कम भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ