arrow

लिफ्टिङ खानेपानी आयोजना सम्पन्नपछि बहखोला गाउँबासीमा खुसी

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
tap-water.jpeg

पाल्पा । बर्षौदेखि शुद्ध खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका–५ बहखोलामा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि गाउँबासी खुसी भएका छन् । डाडाँभेगमा पानीको मुल नहुनु र खानेपानीको लागि घण्टौ लगाएर खोला किनारमा झर्न र पानी बोकेर उकालो चढ्न बाध्य बहखोलाबासी गाउँमा नै धारा पुगेपछि खुसी भएका छन् ।

बर्षौदेखि व्यवस्थित खानेपानीको अभावमा जेनतेन दैनिकी गुजारा चलाउदै आएका नागरिक स्थानीय सरकार आएपछि गाउँमा लिफ्टिङ प्रणालीबाट गाउँमा नै खानेपानी पाउदा हर्षित भएको स्थानीय बिष्णु श्रेष्ठले बताइन् । रामपुर नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा बहखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सकिएपछि यहाँका गाउँबासीमा खुसी छाएको उनले बताइन् ।

गाउँबाट बसाई सरेर बजार झर्ने क्रम बढेको र त्यहाँ रहेका घरधुरीले सहजै सँग खानेपानी नपाउदा त्यहाँका घरधुरीलाई मध्यनगर गर्दै खानेपानी योजना सञ्चालन गरेका हौं रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले भने । बजारबाट गाउँ धेरै पर पनि छैन मल्लले भने तर हिउँदमा पनि खानेपानी खोज्न लम्बेतान हिड्नुपर्ने बर्खामा खोला बढेर धमिलो पानी नै उपयोग गर्नुपर्ने अबस्था निर्मुल पार्न बहखोला गाउँमा खानेपानी ल्याएका हौ ।

रामपुर नगरपालिकाको ५ लाख रकम र यहाँका झण्डै १ सय २० जना स्थानीयको जनश्रमदानमा आयोजना निर्माण गरिएको बहखोला लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष मित्रलाल ढकालले बताए । आबश्यकता ठुलो कुरा हो हामी दिनरात नभनी काम गरेर पानी ल्याउन सक्यौं ढकालले भने ।

खानेपानीको दिगो स्रोत नभएको १८ घरधुरी रहेको बहखोला गाउँका जनता गाउँ मुनि बगेको खोलामा झरेर खोलाको पानी र खोला किनारमा रसाउने पानी प्रयोग गर्दै आएका थिए । बिहान सबेरै डोकोमा पानी बोक्नुपर्ने बाध्यता अब भने टरेको स्थानीय रुद्र श्रेष्ठले बताए । यो नेवार समुदायको बाक्लो बस्ती रहेका गाउँ हो । बिहान ४÷५ बजे उठेर पानी बोक्न जानुपर्ने यहाँका महिलाको दैनिकी थियो । स्कुल जाने बेला भैसक्दा समेत डोकोमा गाग्री र ग्यालेन बोकेर यहाँका केटाकेटी पानी बोक्न जानुपर्ने अबस्था थियो ।  बस्तीदेखि झण्डै ३००  मिटर तल रहेको सुघुरे खोलाबाट लिफ्टिङ गरी ट्यांकीमा जम्मा गरेर खानेपानी बस्तीमा लगिएको छ । खानेपानी आयोजना सम्पन्न भएपछि खडेरीयाममा ठूलो राहत पुग्ने स्थानीयवासीको भनाई छ ।

खानेपानी आयोजनाबाट यहाँका १८ घरपरिवारका स्थानीयवासी लाभान्वित हुने रामपुर ५ का वडा सदस्य बिष्णु प्रसाद बस्यालले बताए । नागरिकको दैनिकी सँग जोडिएको खानेपानी योजनालाई हामी भेलाबाट प्राथमिकतामा राखेर काम गर्‍र्यौ बस्यालले भने– आधारभुत आबश्यकता पानी सँगै अब बिकासको गति यहाँ तिब्र हुन्छ ।

गाउँमा खानेपानी पुगेपछि यहाँका नागरिकलाई शुद्ध खानेपानी उपभोग सँगै गाईवस्तुलाई खुवाउन, नुवाईधुवाई गर्न, बिभिन्न गेडागुडीमा हाल्न पनि सहज हुनेछ । पानीको अभावमा नै हरिया तरकारी नहुने यहाँ अबभने बचेको पानीको सदुपयोग गर्दै हरिया तरकारी उब्जाउ गर्न सकिने स्थानीयले आशा लिएका छन् ।



नयाँ