बर्दिया प्रहरीलाई अर्को सफलता : ब्राउन सुगरसहित एक भारतीय पक्राउ
मुरली गोडिया,
प्रकाशित २०७५ मंसिर १९ बुधबार
266
Shares
गुलरिया । बर्दिया प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) तस्करी गर्ने एकजना भारतीय नागरिकलाई पक्राउ गरि अर्को सफलता हात पारेको छ । लागू औषध खैरो हिरोइन तस्करी गर्ने भारतीय नागरिकलाई मंगलबार प्रहरी पक्राउ पारेको हो ।
मधुवन नगरपालिका वडा न. ७ निसानगाढा स्थितबाट बर्दियाको मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा लागू औषध ब्राउनसुगर खैरो हिरोइन बिक्री वितरण गर्ने एकजना भारतीय नागरिकलाई पक्राउ गरिएको हो । शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा भारतको उत्तरप्रदेश राज्य अन्र्तगत जिल्ला बहराईच थाना मोतिपुर ग्राम मिहिपुरवा निवासी २५ वर्षीय बिमलेश कुमार हरजनलाई मधुवन नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
प्रहरीका अनुसार हरजनको साथबाट ५ सय ५० जनालाई प्रभावित पार्न सक्ने ३० ग्राम लागूऔषध व्राउनसुगर (खैरो हिरोइन) बरामद गरेको हो । उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक मैनालले जानकारी दिए ।
पछिल्लो समय प्रहरीको सक्रियताले बर्दियाबाट तस्कर र लागू औषध कारोबारीहरूको सफाया गर्ने अभियाननै प्रहरीले सञ्चालन गरेको छ । जस अनुसार बर्दियाको खुला सिमाना भयका र लागू औषधको तस्करी हुन सक्ने आशंका गरियको जमुनि, फुटाहा, मोहम्मदपुर, गुलरिया, मधुवन, खैरि र राजापुर संग नाका जोडियका स्थानहरूमा प्रहरीले सुरक्षा ब्वस्था कडा बनाय पछि धमाधम लागू औषध कारोबारिहरू पक्राउ पर्न थालेका छन ।