निर्वाचन आयोगविरुद्ध नेकपा सर्वोच्च अदालत जाने
प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार

काठमाडौं । निर्वाचन आयोग विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालत जाने भएको छ । बुधबार नेकपाले विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको कदमका विरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने जनाएको छ ।
नेकपाका केन्द्रीय सचिव रत्नप्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) भन्ने नाममा दर्ता दिने निर्वाचन आयोगको कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ ।'
जोशीले त्यसका लागि २०७५ साल मंसीर २० गते बिहीबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका छन् ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">