मोटरसाईकलको ठक्करबाट पाल्पामा पैदल यात्रीको मृत्यु
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
354
Shares
पाल्पा । जिल्लाको तानसेन नगरपालिका ९ दमकडाको भित्री सडक खण्डमा मोटसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
सराईबाट बाँसटारीतर्फ जाँदै गरेको लु ४ प ९०४८ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदलयात्री बगनाशकाली गाउँपालिका–५ का, ४७ वर्षीय टेकबहादुर खाम्चाको मृत्यु भएको हो ।
सडकमा हिँडिरहेका खाम्चालाई बुधबार मोटरसाईकलले ठक्कर दिएर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कजेज प्रवासमा विहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक खाम्चा तानसेन नगरपालिका ९ मा बस्दै आएका थिए । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद घिमिरेले जानकारी दिए ।