arrow

गाउँमा खानेपानी आएपछि वाजागाजा सहित खुसियाली

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ मंसिर २० बिहिबार
rampur_2.JPG

रामेछाप। लामो समयको पतिक्षा पछि रामेछापको सुख्खा ग्रस्त गाउँ साविकको रामपुर वडा नं ३ र ४ का नागरिकहरुले  खानेपानी अभावको अवस्थाबाट मुक्ति पाएको भन्दै वाजा गाजा वजाएर खुसियाली मनाएका छन् ।

नेपाल रेडक्रस सोसाइटीले रामपुरमा संचालन गरेको भुकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत  स्थानिय गुरुङ्ग खोलाको पानी लिफ्टिङ्ग माध्यमबाट बस्तीमा ल्याउने काममा जिल्ला रेडक्रसले सफलता हासिल गरेपछि वीहिवार भएको खानेपानी हस्तान्तरण कार्यक्रममा उक्त खाुसियाली मनाएका हुन् ।  साविकको २ वटा वस्तीका २ सय २१ घर उपभोक्ता हरुले  दिर्घकालीन रुपमा  पानीको समस्यावाट मुक्ति पाएको जानकारी सो वडाका वडाध्यक्ष भिम वहादुर तामाडले गराएका हुन् ।  

रामपुरको चारघरेमा वुधवार आयोजना गरेको बालकन्या खानेपानी योजनाको योजना हस्तान्तरण कार्यक्रममा निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी योजनाको एक कार्यक्रमकाबिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजिब थापाले उद्घाटन तथा हस्तान्तरण गरेका थिए  । हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्राबिधिक रुपमा चुनौतीपुर्ण रहेको योजना समुदायको सक्रियता र अन्य सहयोगी निकायको सक्रिय सहभागिता र सहयोगमा सम्पन्न भएकोमा आम उपभोक्ता र परियोजनाका कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा वोल्दै थापाले योजना सम्पन्न भएसँगै यसको दीगोपना र संरक्षणको जिम्मेवारी समुदायमा गएको भन्दै यस तर्फ उपभोक्ता तथा स्थानीय तहबाट आवश्यक सहयोगका लागि आग्रह गरे ।

खानेपानीको अलावा बिगत ३ वर्षदेखी पुन निर्माण ,कृषि र आय आर्जनको कामका लागि  आर्थिक सहयोग गर्दे आएको छ । कार्यक्रमका अवसरमा  रेडक्रसको अन्तराष्ट्रिय महासंघका एसिया क्षेत्रिय निर्देशक ह्याभिएर मास्टेलानोसले योजना सम्पन्न गर्न समुदायले खेलेको,क भूमिकाको प्रशंसा गर्दै खानेपानी मानव जीवनसँग जोडिएको कुरा भएकोले यसको दिर्घजीवी संरक्षणका लागि आग्रह गरे ।  

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सरकारको बिकाशको साझेदारको रुपमा रेडक्रसले ठुलो लगानी गरि विकासमा पुर्याएको योगदानमा स्रहाना गरे । रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले भुकम्प पश्चात पुननिर्माणको चरणमा निर्माण गरेका खानेपानी योजनाहरु मध्ये रामेछापकोे रामपुरमा निर्माण भएका आइतबारे, बालकन्या खानेपानी र कञ्चन खानेपानी योजनाहरु रेडक्रसकै इतिहासमा ठुला र लिफ्टिङ्ग माध्यमबाट भएकोले चुनौतीपुर्ण रहे पनि सबैको प्रयासबाट सफलता पुर्वक सम्पन्न हुन सकेको बताए ।

कुल २ करोड ६० लाखमा निर्माण सम्पन्न भएको योजनाबाट स्थानीय २२१ घरधुरीका १ हजार ५ सय ५ जना र २ ओटा सामुदायिक बिद्यालय लाभाम्बित भएको कार्यक्रम संयोजक जयराम बस्नेतले जानकारी दिए । कार्यक्रमबाट यस अघि आइतबारे लिफ्टिङ्ग खानेपानी योजना निर्माण सम्पन्न भइ समुदायमा हस्तान्त्रण समेत भैसकेको र अर्को कञ्चन लिफ्टिङ्ग खानेपानी योजना निर्माणको अन्तिम चरणमा रहेको बस्नेतले बताए ।

रेडक्रस रामेछापका सभापति शिब कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेकपाका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिब लेख बहादुर कार्की, वडा अध्यक्ष भिम बहादुर तामाङ्ग , पत्रकार महासंघ ३ नं  प्रदेशका सदस्य बद्री नयाँघरे लगायतले रेडक्रसले गरेको कामको सहराना गरेका थिए ।  

२०७२ सालमा गएको भुकम्प पछि तहस नहस भएको रामपुरलाई जिल्ला रेडक्रसले परियोजना मार्फत पुर्न निर्माण संगै स्वास्थ्य सरसफाई ,कृषि विकास तथा  खानेपानी र जिविको पार्जनको कामलाई पनि एकै साथ अघि वढाउने प्रतिवद्धता जनाएको थियो ।   जिल्लाका साविकमा ५५ गाविस रहेको रामेछापकोे रामपुरलाई सर्वदलिय छनौटका आधारमा जिल्ला रेडक्रसले सर्वाडिण विकासको काम आरम्भ गरेको थियो । जस अनुसार भुकम्पका कारण क्षेति पुगेका घरहरु निर्माणको काम लगभग सकिसकेको छ  ।

भवन निर्माणसंगै रेडकक्रसले उक्त वस्तीका आम उपभोक्ताहरुका लागी ८ वटा खानेपानीका योजना संचालन गरेको थियो । ८ वटा खानेपानीका योजना मध्य २ वटा खानेपानीको योजनाको काम निर्माणको क्रममा रहेको र ६ वटा योजनाहरु उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको रेडक्रसका कार्यक्रम संयोजक जयराम वस्नेतले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ