arrow

बिजुली विस्तार गर्न छुट्टाइएको रकम हिनामिना गरेको आरोपमा वडाध्यक्ष विरुद्ध उजुरी

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
Jhapa_District.png

गौरादह । गाँउमा बिजुली विस्तार गर्न छुट्टाइएको रकम हिनामिना गरेको भन्दै झापा, गौरादह नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल विरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

वडाध्यक्ष विरुद्ध त्यस्तो उजुरी आएको पुष्टि गर्दै न्यायिक समितिकी संयोजकसमेत रहेकी उपप्रमुख गीता भेटवालले त्यस बारेमा छलफल भईरहेको जानकारी दिईन् । 

47447978_259312224747154_5740874633268166656_n.jpg

लिखित उजुरी आएपछि समितिले सो बारेमा समस्या सुल्झाउन छलफल भईरहेको संयोजक भेटवालले वताइन् । तर संयोजक भेटवालले वडाध्यक्ष विरुद्धको उजुरीको विस्तृत विषयमा भने खुलाउन चाहिनन् । 

यसैबीच उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिमा हालसम्म ४७ वटा उजुरी दर्ता भएको जनाईएको छ । संयोजक भेटवालका अनुसार दर्ता मध्ये ३६ वटा मुद्दा किनारा लागिसकेको र १० वटा मुद्धा विचाराधिन छ । 

47450909_2156075631373424_3491483248263954432_n.jpg

त्यस्तै, दुई वटा मुद्धा भने अदालतमा पठाईएको उनले जनाईन् । आफू अनुपस्थित भएको समयमा न्यायिक समितिका सदस्य तथा वडा न ३ का वडा अध्यक्ष गजेन्द्र घिमिरेले उक्त उजुरी उपर मिलापत्र गराएको र त्यस बिषयमा आफू अझै अनभिग्य रहेको भेट्वालको गुनासो छ । 

टान्सफर्मर जडान गर्दा भएको रकमको घोटला बिरुद्द परेको उजुरी उपर आवस्यक रकम दिएर मुद्दालाई गुपचुप ढंगले किनारा लगाएकोले उपमेयर तथा न्यायिक समिति संयोजक गीता भेट्वाललाई पनि बेवास्ता गरेको देखिन्छ । उक्त बिषय केही महिना अघिको भए पनि आफुलाइ सम्पुर्ण रुपमा उक्त बिषय र समस्याप्रति जानकारी नभएको भेट्वालले बताइन् ।

यसैगरी विभिन्न समयमा न्यायिक समितिमा परेको उजुरीको छिनोफानोमा त्रुटीहरु प्रशस्त हुने गरेको र नगरका कानुनी सल्लाहकार डिल्ली काफ्लेले पनि सामाजिक सञ्जालमा नगरमा भएका समस्यालाई समाधान गर्न आवस्यक सुझाव सल्लाह र परामर्श  दिनुको सट्टा नगरमा भएका सामान्य बिषयलाई मुख्य समाचार बनाएर नगरमा थप समस्या थोपार्ने बाहेक कुनै राम्रा र सम्मानजनक सल्लाह दिएको नपाइएको गुनासो आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ