arrow

मेयरसाब के यहि हो त नो पार्किङ ?

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
parking.jpg

हेटौंडा । मकवानपुरको हेटौंडा अर्थात् प्रदेश नम्बर ३ को अस्थायी राजधानी । जब राजधानी नै अस्तव्यस्त भयो भने अन्ततिर विधिविधान बसाउन गाह्रो हुन्छ । भएको छ त्यस्तै । 

हेटौँडाको मुख्य बजार क्षेत्रमा कायम गरिएको नो पार्किङ होडङ्ग बोर्डमा मात्र सीमित देखिएको छ । हेटौडा उपमहानगरपालिकाको भदौको पहिलो सातादेखि हेटौंडाको मुख्य बजार क्षेत्रलाई नो पार्किङ कायम गरेकोमा अहिले अधिकांश क्षेत्र पार्किङ जोनमा परिणत भएको छ । मुख्यगरी हेटौँडा ४ को सिमाचोकदेखि पारिजातपथ जोड्ने मोडसम्म नो पार्किङ जोन नो पार्किको सट्टा पार्किङ जोन जस्तो देखिन थालेको छ । 

बिहानैदेखि मोटरसाइकल र हलुका सवारी र मालबाहक ट्रक यत्रतत्र पार्किङ गरेको राखिएको अवस्थामा पाईन्छ । उपमहानगरपालिकाको यस अभियानलाई त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी र सवारी चालकहरुले ठाडै उल्लंघन गरेको पाईन्छ । 

त्यस क्षेत्रमा रहेको बटुवा आवत जावत गर्न बनाइएको सडकपेटीसमेत व्यवसायको सामान डम्पिङ् गर्ने ठाउमा परिणत भएको छ । अधिकांश पसलको अगाडिको भाग व्यवसायीले मोटरसाइकल पार्किङ गर्ने थलोका लगि कव्जा गरेको पाइन्छ । 

 ‘व्यवस्थापनको काम नगर प्रहरीको हो तर नगरको व्यवस्थापनका लागि खटिने गरेको नगर प्रहरी मुकदर्शक रहेको बरु कहिलेकाहीं ट्राफिकले यसो कडाई गर्छन् । 

नत्र सडकमै पार्किङ गर्दा पनि आँखा चिम्लिएका छन् नगर प्रहरी आउदैनन’–कान्तिलोकपथका एक व्यवसायीले भने । यी क्षेत्रमा बिहानै देखि मोटरसाइकल र हलुका सवारी र मालबाहक ट्रक यत्रतत्र पार्किङ गरेको राखिएको अवस्थामा पाईन्छ । 

उपमहानगरपालिकाको यस अभियानलाई त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी र सवारी चालकहरुले ठाडै उलल्गन गरेको पाईन्छ । त्यस क्षेत्रमा रहेको सडकदेखि सडक पेटीसम्म मोटर साइकल पार्किङ गर्दा आवतजावतमा समस्या परेको किनमेलका लागि बजार आएका श्रवण थापाले बताए ।

प्रदेश नम्बर ३ को राजधानी हेटौँडा बजारको ट्राफिक अस्तव्यस्त हुँदा पनि यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायले बेवास्ता गरेको थापाको भनाई छ । केही समय अघिसम्म ट्रफिक प्रहरीले नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही गर्ने गरेको भएता दशै, तिहारपछि बेवास्ता भएको छ । 

उपमहानगरपालिकाले ठूलै कसरतका साथ शुरु गरेको नो पार्किङ अभियानबाट उपमहानगर आफैं पछि हटेको त हैन भन्ने आशंका सर्वसाधारणले गरेका छन् । ‘नो पार्किङ हटेकै हो त मेयर साव ?’ भन्दै उनीहरुले प्रश्न गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ