सभामुख महराले दिए सामाजिक सुरक्षा योजनाबारे यस्तो स्पष्टिकरण
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
297
Shares
दाङ । सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन् । घोराहीमा शुक्रबार नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सविन प्रियासनद्वारा लिखित उपन्यास ‘लक्की चार्म’ लोकार्पणका क्रममा उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिए ।
आगामी फागुनसम्म कानून संशोधन गसिक्नुपर्ने चुनौती रहेको चर्चा गर्दै सभामुख महराले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशनसम्ममा संशोधन नभए स्वतःखारेज हुने जानकारी दिए ।
उनले समाजमा भएका घटनाको गहिरो गरी विश्लेषण गरी लेखिएका पुस्तकले इतिहासको पाटो पनि पूरा गर्ने बताए । केही दिन पहिले घोराहीमा अप्रिय घटना भएको चर्चा गर्दै सभामुख महराले जिल्लामा शान्ति सुरक्षामा ध्यान दिन प्रहरी प्रशासनलाई आग्रहसमेत गरे ।