arrow

प्लाष्टिक मुक्त शहरबाटै पाँच बोरा प्लाष्टिक बरामद !

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
palpa-plastic.jpg

पाल्पा ।तानसेन प्लाष्टिक मुक्त शहर हो । तानसेन नगरपालिका,पाल्पा उद्योग वाणिज्य संघ,उद्योगी, व्यापारी, उपभोक्ता हित मञ्ज,  स्थानीय सरोकारवालाहरुको पहलमा तानसेन शहरलाई २०७० साल जेठ २२ गते प्लाष्टिक झोला मुक्त सहर घोषणा गरिएको थियो ।

तानसेनलाई सुन्दर र स्वच्छ नगर बनाउने उद्देश्य अनुरुप प्लाष्टिक मुक्त शहर घोषण गरिए पनि प्लाष्टिक नियन्त्रण हुन भने सकेको छैन । तानसेन नगरपालिकाले पूर्णरुपमा प्लाष्टिक मुक्त शहर बनाउन प्रयास गरे पनि स्थानीय व्यापारीहरुले लुकिछीपी प्लाष्टिक झोलाहरु विक्री गर्दै आए पछि  शहर नै कुरुप बन्दै आएको पाइन्छ ।

 पटकपटक तानसेन नगरपालिकाले बजारको अनुगमन र नियमन गरेपनि स्थानीय व्यापारीका कारण  पूर्णरुपमा प्लाष्टिक मुक्त हुन सकेको छैन । बजारमा प्लाष्टिकाका झोलाहरु जथाभावी रुपमा विक्रि र  प्रयोग भएको पाएपछि  अनुगमनमा खटिएको नगरप्रहरीको टोलिले ठूलो परिमाणमा प्लाष्टिकजन्य झोला बरामद गरेको छ ।

नगरप्रहरी प्रमुख जयप्रकाश उप्रेतीको नेतृत्वमा खटिएको प्रहरीले  तानसेन नगरपालिका १ को मिसन, वडा ६ को बर्तुङ्ग, र वडा ७ को प्रवास बजारबाट पाँच बोरा प्लाष्टिकजन्य  झोला बरामद गरेको सरसफाई शाखाका प्रमुख शंकर भण्डारीले जानकारी दिए । सोमबार र मंगलबार विभिन्न क्षेत्रबाट बरामद गरिएका प्लाष्टिकजन्य  झोलाहरु नगर प्रहरी, सरसफाई शाखाका प्रतिनिधि र  पत्रकारहरुको रोवरमा विहिबार  नष्ट गरिएको छ ।

नगरपालिकाकले निशेष गरेका प्लाष्टिकहरु  विक्रि वितरण र प्रयोग गरी  नियम उल्लङ्गन गर्नेहरुलाई  पहिलो पटक भएकाले सचेत गराई छोडिएको सरसफाई शाखाका प्रमुख भण्डारीले बताए ।  नगरपालिकाले यो अभियानलाई सार्थक बनाउन  कडा रुपमा निगरानी राख्ने प्रमुख भण्डारीले जानकारी दिए । जथाभावी प्लाष्टिकको प्रयोगका कारण शहर कुरुप बन्नुको साथै वातावरण नै प्रदुषित हुने भएकाले  सुन्दर  शहर र स्वच्छ शहर बनाउने अभियानमा सबैले साथ दिनुपर्ने  भण्डारीको भनाई छ ।   

 तानसेनलाई प्लाष्टिक मुक्त सहरको रुपमा सार्थक बनाउन बजार क्षेत्रमा पलाष्टिजन्य झोला पूर्णरुपमा बन्देज लगाइएकोे तानसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिवाकर अर्यालले बताए  ।

पछिल्लो समय तानसेन बजारमा पलाष्टिजन्य झोला  खुलामखुलारुपमा  विक्रि वितरण हुनुको साथै  विक्रेता, उपभोक्ताले जथाभावी प्रयोग गरिदिदाँ  बजार नै कुरुप बन्न पुगेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ