arrow

मोटरसाइकलबाट लडेर वृद्धाको मृत्यु, चालक फरार

logo
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
siraha1.png

लहान ।सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

स ५ प ९७४२ नं को मोटरसाइकलबाट हिजो साँझ अचानक लडेर गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक सिरहाको अर्नामा गाउँपालिका– ३ निवासी १९ वर्षीय रामसागर महत्तो फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ