५ वर्षीया बालिका करणीको अभियोगमा ४० बर्षीय सुनाखरी पक्राउ
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार
588
Shares
अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं १३ सिमलपानी हिटनटोला बस्ने वर्ष ४० का राजु भन्ने देव वहादुर सुनाखरीलाई प्रहरी बलात्कारको अभियोगमा प्रक्राउ गरेको छ ।
सितगंगा नगरपालीको स्थानिय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने वालिका स्कुल सकिएपछि घर फर्किने क्रममा बुधवार शीतगंगा नगरपालिका वडा नं १३ थाप्लेवारी भेँडामारे भन्ने स्थानमा वलात्कृत भएको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
'सधै छोरी ३ बजे तिर घरमा आईपुग्थिन तर त्यसदिन बेलुकासम्म छोरी घरमा आईनन्,खोजतलासको लागी गाँउतिर जादा रुँदै घर तिर आउदै गरेको भेटाए' बालीकाका बुवाले भने 'हामीले छोरीसंग सोधपुछ गर्दा र शरिर चेकजाँच गर्दा छोरीको यौनीबाट रगत बगेको भेट्यौ त्यसपछि छोरीको बलात्कार भएको बुझी तत्काल प्रहरीलाई खवर गर्यौँ ।'
अभियुक्तले गल्ती गरेको स्वाकार गरिसकेकाले कानुन अनुसार कार्वाही प्रक्रिया अगाडी बढाईएको प्रमुख मल्लले जानाकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पिडित वालिकाको स्वास्थ्य अबस्था खतरा मुक्त रहेको छ । घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँची बाट म्याद थप भएको जनाईएको छ ।