arrow

वडाध्यक्ष र समितिका अध्यक्षलाई तत्काल रिहाइ नगरे कांग्रेस कैलालीले कडा आन्दोलन गर्ने

logo
सुनिल आउजी,
प्रकाशित २०७५ मंसिर २१ शुक्रबार

धनगढी । कैलालीको मोहन्याल गाँउपालिका वडा नं.३ फलेविसौनामा निर्माणाधिन सडकमा सालका रुख काटेको आरोपमा दुई जना पक्राउ गरेको प्रति नेपाली कांग्रेस कैलालीले बिरोध जनाएको छ  ।

उक्त निर्माणधिन सडकका सालको रुख काटेको आरोपमा मोहन्याल गाउपालिका वडा नं.३ नेपाली कांग्रेसका तर्फबाट विजयी वडा अध्यक्ष नन्द राज गिरी (नबिन) र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जय गिरी (जनक)लाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको नेपाली कांग्रेसको ठहर छ ।

नेपाली कांग्रेस कैलालीका सचिव पुर्ण कुँवरले शुक्रबार बिज्ञप्ती जारी गर्दै सत्ताको छत्र छायाँ पाएका केहि स्थानीय र वन प्रशासनको मिलेमतोमा राजनितिक प्रतिशोधका कारण उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

उक्त घटना जबरजस्ती पुर्वाग्रही ढंगबाट कांग्रेस भएकै कारण फसाउन खोजिएको भन्दै तत्काल पक्राउ गरेकालाई छोडी सत्यतथ्यको छानविनको माग समेत बिज्ञप्तीमा गरिएको छ ।

घटनाको जिम्मेबारी कुनै अमुक पार्टीले लिईसकेकोले आफ्ना कार्यकर्तालाई रिहाईको माग कांग्रेसले गरेको छ ।अन्यथा आफ्ना निर्दोष साथिहरुको रिहाइको लागी नेपाली कांग्रेस कैलाली कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ