arrow

हरनामपुर बाल बिवाहमुक्त वडा घोषणा  

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ मंसिर २२ शनिबार
balbibaha-mukta.jpg

कपिलवस्तु। जिल्लाको दक्षिणी मायादेबी गाउपालिका–७ साबिक हरनापुर गाबिसलाई एक समारोहका विच बाल बिवाहमुक्त घोषणा गरिएको छ। गाउपालिकाको सो वडामा बाल बिवाह रोकिए पछि बाल बिवाहमुक्त घोषणा गरिएको हो। वडा अध्यक्ष जर्नादन चौधरीले वडामा बाल बिवाहको अवस्था बारे प्रतिबेदन प्रस्तुत गर्दै बाल बिवाहमुक्त भएको घोषणा गरेका थिए। यस बर्ष भएका कुल २५ बिवाह मध्ये एउटा मात्र बाल बिवाह भएको वडा अध्यक्ष जर्नादन चौधरीले बताए।

२०७५ मा कुल बिवाह ३ मध्ये २५ वटा बाल बिवाह भएको थियो। गाउँमा रहेका नौ बाल क्लयव एक युवा क्लव लगायतको अथक प्रयासले पछि रेको सो वडा बाल विबाहमुक्त बन्न सफल भएको बताईएको छ।

सो अवसरमा संघिय सांसद अतहर कमालले खुला दिशामुक्त र पुर्ण भर्ना घोषणा भएको सो वडा बाल बिवाहमुक्त हुनु सकारामत्मक कुरा भएको उनले बताए। घोषणा भएको कार्यहरुको सही कार्यान्वयन हुनु पर्ने र त्यसका लागि समुदाय आफै सचेत हुनु पर्ने उनले बताए।

गाउँपलिकाका प्रमुख बजरंगी प्रसाद चौधरीले वडालाई सामाजिक विकासको क्षेत्रमा अगाडी लैजाने तयारी गरिएको बताए। सो अवसरमा कार्यक्रममा सहभागी रहेको सबैले बालबिवाह हुन नदिने लिखित प्रतिबद्धता समेत गरेका थिए।

सो अवसरमा बालबिवाहमुक्त बनाउन सहयोग गर्ने सेभ द चिल्डेन। लिडो नेपाल लगायतका ब्यक्ति र सस्थाहरुलाई सम्मानित समते गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरी, गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गाउपालिका उप प्रमुख गिता तिवारी, नेपाली कागे्रसका सचिव महेन्द्र पाठक, संघिय समाजवादी फोरका जिल्ला अध्यक्ष शैलेन्द्र यादव, राप्रपाका जिल्ला नेता रामआषिश पाण्डेय लगातयले मन्तब्य दिएका थिए। कार्यक्रमको संचालन दिलिप यादवले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ