arrow

बाजुरामा हिंसा रोक्न देउडा गीत मार्फत अनुरोध

तिन सय तेह्र दलित परिवारलाई सुधारिएको चुलो वितरण

logo
जनक बोहरा,
प्रकाशित २०७५ मंसिर २३ आइतबार
bajura-deuda-songs.jpg

बाजुरा। जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका ४, ५, ६ र ७ नम्बर वडाका ३ सय १३ विपन्न दलित परिवारलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको छ। दुर्गम हिमाली गाउँपालिकाका दलित परिवारको घरलाई धुवाँ रहित बनाउनमा सहयोग पुर्‍याउनका लागि बैकपिल्क उर्जा प्रर्वद्धन केन्द्र ललितपुरको अनुदान सहयोग र र जिल्ला दलित शसक्तिकरण नेटवर्कको समन्वयमा सुधारिएको चुलो वितरण गरिएको जिल्ला दलित शसक्तिकरण नेटवर्क बाजुराका अध्यक्ष गोरख सार्कीले जानकारी दिए।

गाउँपालिकाका ४ देखि ७ सम्मका ३ सय १३ दलित परिवारको घरभित्रको धुवाँमुक्त गर्नुका साथै स्वास्थ्य स्तरमा पनि सुधार आउनेमा आफूहरु आशावादी भएको नेटर्वक बाजुराका अध्यक्ष सार्कीले बताए। पहिलो चरणमा ३ सय १३ परिवारलाई मात्र आधुनिक चुलो उपलब्ध भएको र आगामी दिनमा सबैलाई पुग्ने गरि समन्वय गर्ने सार्कीले बताए।

बिकट हिमाली गाउपालिकामा विजुली बत्तीको निकै समस्या भएकाले अवको पहिलो पहल प्रत्यक दलित परिवारलाई सोलारको लागि पहल गर्ने नेटवर्कका अध्यक्ष एवं दलित अधिकारकर्मी सार्कीको भनाई रहेको छ दुर्गम तथा पहाडी जिल्लाका ग्रामिण भेगमा परम्परागत रुपमा बनाइएका माटोका र फालामे चार खुट्टे चुलो प्रयोग हुदै आएका छन्। परम्परागत रुपमा बनाइएका चुलो प्रयोगले गृहणीले विभिन्न रोगको सिकार बन्नु्पर्ने बाध्यता रहेको छ।

महिला मैत्री संविधान : भोटे
संविधान सभा तत्कालिन सदस्य पेम्बा गुरु भोटेले नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ट र महिला मैत्री भएको बताएका छन्। रेडियो बाजुरा र जिल्ला महिला अधिकार मञ्चको सयुक्त आयोजनामा सञ्चालित लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमलाई संवोधन गर्दै महिलालाई राज्यको सर्वोच्च तहमा पुग्ने सजिलो माध्यम सहीतको संविधान बनेको बताएका छन्।

संवैधानिक रुपमा अधिकार प्राप्त गरिसकेकोले कार्यान्वयनलाई तिब्रता दिन सके महिलाले हाल सहनु परेका सबै समस्या हल हुने बताउनु भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भोटेले फरक पंसगमा मार्तडी कोल्टी सडकको स्तरोन्तती गर्नमा राजनीति नगर्न अपिल गर्दै जनताको मतलाई सम्मान गर्न आग्रह गर्नु भएको छ।

कार्यक्रममा बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले हिंसा अन्त्यका लागि महिलाहरु आर्थिक रुपमा शसक्त र बलियो हुनु पर्ने बताए। आर्थिक अधिकार प्राप्त गरेमात्र महिलाहरु हिंसाबाट मुक्त हुने भएकोले आयआर्जन र जीवीको पार्जनका गतिविधिमा संलग्न हुने खालका कार्यक्रम सञ्चालन गर्न नगरपालिका लागि रहेको बताए।

कार्यक्रममा नेकपाका प्रस्तावित अध्यक्ष भरत थापाले हिंसा नगर्ने सबैले संकल्प गरेर मात्र नभई घरबाटै सुरुवाद गर्न आवश्यक रहेको बताए। कार्यक्रममा बडिमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, अन्तरपार्टी महिला सञ्जालका कमल कुमारी शाह, पत्रकार महासंघका उपाध्यक्ष रमा रावल, महिला विकास मञ्चका कृष्णा दानी लगायतले मन्तव्य राख्नु भएको थियो।

अध्यक्ष रुक्मणी शाहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन पत्रकार नन्दा थापाले गर्नु भएको थियो भने कार्यक्रमको उद्देश्य सहीत स्वागत मन्तव्य रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले राख्नु भएको थियो।

सञ्चारीका समूह, यूएनएफपीए, सहयोगी हातहरुको समूह सहास नेपाल, पीसविन र गुड नवर्स सहीतका संस्थाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रम रेडियो बाजुरा र रेडियो बार्जुबाट दिनभर प्रत्यक्ष प्रशारण गरिएको थियो। कार्यक्रम र्याली सहीत बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको प्रागणमा सञ्चालन गरिएको हो।

हिंसा रोक्न देउडा गीत मार्फत अनुरोध
महिलाहरुले हिंसा रोक्न देउडा गीत मार्फत आग्रह गरेका छन्। रेडियो बाजुरा र जिल्ला महिला अधिकार मञ्चको सयुक्त आयोजनामा सञ्चालित लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा महिलाहरुले घरघरबाट हिंसाका गतिविधि रोकिनु पर्ने र महिलाहरु जागरुप हुनु पर्ने गीत मार्फत सन्देश दिएका छन्।

सहभागी रायो पोषण समूह, समाज सुधार महिला समूह, ओखल ढुंगा महिला समूह, नवदुर्गा महिला समूह, रानीवन स्वास्थ्य आमा समूह, घटाल आमा समूह, गौरी बजार आमा समूह, एकता साना किसान सहकारी, गौरी शंकर महिला समूह, तुलसी पोषण आमा समूह, महिला कृषि आमा समूहले गीत मार्फ नारीका वेदना र पुरुषवादी समाजले गर्ने दमनका पीडाहरु पोखेका छन्।

कार्यक्रममा सहभागि १२ वटै टिमलाई सान्त्वना स्वरुप पुरस्कार दिईएको रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले बताएका छन्। कार्यक्रममा उत्साह पूर्वक सहभागि जनाउने र गीत मार्फत नै सन्देश प्रवाह गर्ने टिमहरुले आफूहरुले बुहारीलाई कुनै प्रकारको हिंसा नगर्ने बताएका छन्। सोही कार्यक्रममा आयोजक महिला अधिकार मञ्चका तर्फबाट पनि महिलाहरुले सन्देश मुलक देउडा गीत प्रस्तुत गरेका थिए।

सिर्जनात्मक हाजिरीजवाफ
कार्यक्रममा सिर्जनात्मक हाजिरी जवाफ पनि सञ्चालन गरिएको थियो। महिला हिंसा, बाल विवाह, छाउ कुप्रथा लगायतका अपराध विरुद्धका ऐन कानुनसँग सम्बन्धीत विषयमा रहेर हाजिरी जवाफ गरिएको हो। कार्यक्रममा चार टिम सहभागि भएका थिए। सहभागि मध्येबाट तुलसी पोषण आमा समूह प्रथम, मालिका मावि द्धितीय, कन्भर्स ऐकेडेमी तृतीय र क्रियटर जोन ऐकेडेमी सान्त्वना स्थान ल्याउन सफल भएका छन्। सोधीएका ४० वटा प्रश्न मध्ये चारटिमले १२ वटा प्रश्नको उत्तर मात्र मिलाएका थिए।

नयाँ विषय र फरक खालको हाजिरी जवाफ भएकोले कमै मात्र मिलाएको हुन सक्ने अधिवक्ता हर्क खडायतले बताएका छन्। लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान भएकोले ऐन कानुको बारे जानकारी गराउनकै लागि उक्त प्रश्नहरु निर्माण गरिएको थियो। हाजिरी जवाफको सहजिकरण अधिवक्ता हर्क खडायतले नै गरेका हुन्।

सडक नाटक प्रर्दशन
भव्य सहभागिहरुको बीच सडक नाटक पनि प्रर्दशन गरिएको छ। नाटकका माध्यममा बाट सन्देश प्रवाह गर्न सडक नाटक प्रर्दशन गरिएको हो। रेडियो बाजुरा र सुदूर साहित्य प्रतिष्ठानसँग आवद्ध कलाकारहरुको टिमले सडक नाटक प्रर्दशन गरेका हुन्।

बाल विवाह, बहुविवाह, सासु बुहारीको बीच हुने आपसी द्धन्द्ध र स्थानीय तहका जनप्रतिनिधिको न्याय सम्पादन तथा मदिरा व्यवस्थापनको भूमिका बारे नाटकको माध्यमबाट सन्देश प्रवाह गरिएको थियो।

नाटकमा विनोद कुमार विक, पदम रावल, कल्पना विक, रचना खड्का, नरेन्द्र विक, गोपाल विक, करिष्मा धामी लगायतका कलाकारहरुले नाटकमा विभिन्न पात्रको भूमिका निर्वाह गरेका थिए। भव्य उपस्थितिका बीच नाटक प्रर्दशन हुँदा दर्शकहरुले रोचक र रमाइलोका साथ हेरेका थिए। कार्यक्रममा तुलसी थापाले सन्देश मुलक ठाडी भाका गाउनु भएको थियो।

हिंसा नगर्ने भन्दै हस्ताक्षर
कार्यक्रममा उपस्थिति सबैजसोले हिंसा नगर्ने र नगर्न भूमिका खेल्ने भन्दै हस्ताक्षर गरेका थिए। प्रमुख अतिथिबाटै हस्ताक्षर गराएर सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा तत्कालिन सदस्य पेम्बा गुरुग भोटे, बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्ट सहीतका सय बढीले हस्ताक्षर गरेका छन्।

गौमुलमा मावि स्तरीय हाजिरी जवाफ
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत गौमुल गाउँपालिकाले मावि स्तरीय हाजिरी जवाफ गरेको छ। आज र भोलि गरि दुई दिन कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाले पहिलो दिन ठाडी भाका र मावि स्तरीय हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको छ।

हाजिरी जवाफमा  बालविकास प्रथम, जनज्योती मावि द्धितीय, किर्तिचौर मावि तृतीय, अम्लीस मावि र मानाकोट मावि सान्त्वना स्थान ल्याउन सफल भएका छन्। गाउँ स्तरीय महिला अधिकार मञ्चका अध्यक्ष पद्मा बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि उपाध्यक्ष सिता थापा रहनु भएको थियो।

प्रमुख प्रशासकीय अधिकृत टंकनाथ खनाल विशिष्ठ अतिथि रहनु भएको कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष सहीतका व्यक्तिहरु अतिथि रहनु भएको थियो। कार्यक्रम भोलि पनि सञ्चालन हुने भएको पत्रकार रमित विकले जानकारी दिएका छन्।  

रेडियो बाजुरा र गौमुल गाउँपालिकाको सयुक्त सहकार्यमा श्रीमान श्रीमति बीच दौड, महिलाहरु बीच देउडा र हाजिरी जवाफ, सडक नाटक र हस्ताक्षर कार्यक्रम सञ्चालन गरिने भएको छ। कार्यक्रमको सञ्चालन विनिस्था धामीले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ