सांसद जिपछिरिङले दिए दोलखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स
प्रकाशित २०७५ मंसिर २३ आइतबार
918
Shares
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष एवंम संघिय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच वटा स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् । महासंघका मानार्थ सदस्य समेत रहेका लामाका आमा र बुबाको नाममा स्थापना भएको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानको नामबाट एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
लामाले तामाकोशी गाउँपालिका ३ जफेँ , मेलुङ गाउँपालिका वडा नं ६ , विगुँ गाउँपालिका , कालिञ्चोक गाउँपालिका वडा नं ९ , जिरी नगरपालिका वडा नं १ को स्वामित्वमा रहने गरी एम्बुलेन्स हस्तान्तरण गरेका छन् । एम्बुलेन्स नभएकै कारण धेरै विरामीहरुलाई समयै अस्पताल सम्म पुर्याउन नसक्दा स्थानीयहरुको मृत्यु भएको खवरहरु सार्वजनिक भइरहेको बेला त्यस्ता समस्याहरु नआओस् भन्ने उद्येश्यका साथ एम्बुलेन्स वितरण गरिएको लामाको भनाइ छ ।
एम्बुलेन्स वितरण कार्यक्रममा बोल्दै सभाषद लामाले कसैलाई पनि भेदभाव नगरी सेवा दिन सबैलाई आग्रह गरेका छन् । ‘यो पार्टि र उ पार्टिको नभनी सबैलाई सेवादिनु ,सभाषद लामाले भने,मेरा लागि दोलखाबासी सबै समान हुन्,अझै थप ५ वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारीमा छु’ ।
एकैपटक १० वटा एम्बुलेन्स ल्याउँदा भन्सारमा समस्या हुने भएकोले अवको केहि महिना भित्रमै थप ५ वटा एम्बुलेन्स ल्याएर सबै तहमा वितरण गर्ने जानकारी लामाले दिए । एम्बुलेन्स खरिदमा सभाषद भए बापत आउने तलब भत्ताको रकम खर्च गरिएको लामाले बताए । यस अघि पनि सभाषद लामाले विभिन्न विद्यालयहरु,गुम्बा र मन्दिर निर्माणमा सहयोग गरेका थिए ।
यसैगरी भुकम्पको क्रममा ज्यान गुमाएका दोलखालीहरुको परिवारलाई प्रतिव्यक्ति १५ हजारको दरले राहत वितरण गरेका थिए । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, संघिय सभाषद पार्वत गुरुङ र शान्ति पाख्रिनलगायतको सहभागिता रहेको थियो ।