arrow

निर्मलाको न्याय खोज्दै बेलडांडीका महिलाद्वारा आखाँमा पट्टी बाधी धर्ना

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ मंसिर २३ आइतबार
nirmala-dharnas.jpg

कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेलडांडी गाउँपालिकाका महिलाले आखाँमा पट्टी बाधेर निर्मलालाई न्याय देउ भन्दै बेलडांडीमा र्‍याली निकालेका छन् । शान्ति नाथको संयोजकत्वमा रहेको महिला खवरदारी समिति सञ्जालले आइतबार बेलडांडी बजारमा आखाँमा कालो पट्टी बाधेर निर्मला पन्तका हत्यारालाई तुरुन्त कटघेरामा उभ्याई फासीको सजाय दिनुपर्ने माग गर्दै आन्दोल र प्रशासन अगाडि धर्ना दिएका हुन् ।

बलात्कार पछि हत्या गरिएकी १३ बर्षिय निर्मला पन्तको ‘केपी सरकार चमत्कार, जताततै बलात्कार’ भन्ने नाराका साथ बेलडाडीमा र्‍याली निकालीएको सो समितिका संयोजक शान्ती नाथले जानकारी गराइन् । एक महिलाले महिलाको समस्या बुझनुपर्ने भन्दै आन्दोलनमा सरिक गराईको उनले जनाए ।

कञ्चनपुरको दक्षिणी क्षेत्र खुल्ला सिमा संग जोडीएको हुदा महिला माथी घटने घटना प्रती सबैले सजक र सचेत रहुन भन्नको लागि समिति गठन गरिएको उनको भनाई रहेको छ । यो समितिले बेलडांडी भित्रका हरेक नराम्रा कृयाकलालाई रोकथाम गर्ने र महिलाका हक अधिकारका लागि लड्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ