arrow

महिला अधिकारको लागी क्षमता विकास हुनुपर्नेमा जोड

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ मंसिर २४ सोमबार
mahila-himsa1.jpg

कपिलवस्तु । 


महिलाहरुको हकअधिकार प्राप्त गर्नको लागी महिलाहरुको क्षमता विकास गर्नु पर्ने एक कार्य्रक्रमका सहभागिले बताएका छन् । नेपाल महिला संघ कपिलवस्तुले तौलिहवामा राखेको कार्यकर्ता भेटघाटमा सहभागिहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा वोल्दै पुर्व सिंचाई राज्य मन्त्री एवं काग्रेंस जिल्ला सभापति सुरेन्द्रराज आर्चायले संविधानले प्रदत गरेका अधिकार महिलाहरुले पाउन नसेकोको बताए । स्थानीय तह तथा राज्यका निकायमा महिलाको आरक्षण सूरक्षित भएपनि अझै पनि सो पदमा बसेर नेतृत्वदायी भुमीका निर्वाह गर्न नसकेको हुंदा महिलाहरुलाई क्षमता विकास गर्नु पर्ने बताए ।

 साथै आर्चायले ग्रामिण क्षेत्रका महिलाहरुको हक हितको लागी सचेतना मुलक कार्यक्रम पार्टी तथा सारेकारवालाहरुले मिलेर गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल महिला संघकी केन्द्रिय कार्यवाहक अध्यक्ष सरस्वती तिवारीले वर्तमान सरकाले महिला माथी हुने हिंसा नियन्त्रण गर्नुको साटो अवराधीलाई पश्रय दिएको आरोप लगाइन ।

निर्मला पन्तको हत्यरा तथा निर्मला जस्ता संयौ पिडत महिलाहरुलाई न्याय दिन नसेको सरकारले अधिकार र सवुद्धि दिन नसक्ने उनले बताइन् । कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपाल , महिला संघकी केन्द्रिय सदस्य रमा पन्त , माया राना,इन्द्रिरा भट्राई, सुमत्रिा शर्मा, लगायतले महिला हक अधिकार र क्षमता विकास र १६ दिने लैगिक हिंसा विरुद्धको अभियानको बारेमा वोलेका थिए ।

 महिला संघकी जिल्ला अध्यक्ष मिना केसीको अध्यक्षता र  संचिव गौरा शर्माको संचालनमा भएको कार्यक्रममा काग्रेसका जिल्ला सदस्य माधव पराजुली , लोकनाथ शर्मा लागाएतले महिला अधिकारका बारेमा वोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ