arrow

अन्तर्राष्ट्रिय पर्वत दिवसः केन्द्रमा नेपाल 

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
dhaulagiri-mountain.jpg

काठमाडौं । अन्तराष्ट्रिय पर्वत दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पानीको मुख्य स्रोतका रूपमा समुद्रलाई लिने गरिन्छ । स्वच्छ पानीका लागि भने पर्वतीय क्षेत्र एक नम्बरमा आउँछ । 

पछिल्लो समय पर्वतीय क्षेत्रमा प्रदूषण बढेका कारण चिन्ता हुने अवस्था बढेको छ । तसर्थ पर्वतीय क्षेत्रको संरक्षण गरी पानीको शुद्धतामा विशेष ध्यान दिन विज्ञहरूले सुझाएका छन् । 

पर्वतीय क्षेत्रमा विश्वको कुल जनसंख्याको १३ प्रतिशत अर्थात् ९१ करोड ५० लाख मानिस बसोबास गर्ने गरेका छन् । पर्वतीय क्षेत्रले त्यहाँ बसोबास गर्नेको जनजीविका र कल्याणमा मात्रै नभई अप्रत्यक्ष रूपमा तल्लो क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसलाई पनि फाइदा पुर्याएको छ ।

अमूल्य जीवनरक्षक जडीबुटी, दुर्लभ प्राणीजीवन पर्वतमा पाइन्छ । पर्वत जल, जीवन र वनस्पतिको स्वर्ग भएकाले पनि यसको संरक्षण अहिलेको प्रमुख आवश्यकता बनेको छ ।

यस्तो छ दिवसको औचित्य
मंगलबार विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै छ । पर्वतीय क्षेत्रका लागि आवश्यक पार्ने विषयलाई यस वर्षको नाराले समेटेको छ । जसमा पर्वतीय क्षेत्रका लागि आवश्यक पर्ने र यस क्षेत्रमा रहेको पानी, विपद्को जोखिम न्यूनीकरण, पर्यटन, खाद्य, युवा तथा जैविक विविधताको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

पछिल्लो समय पृथ्वीले बढ्दो तापक्रमको मार झेल्दैछ । विगतमा सेताम्य देखिने हिम शृंखला निरन्तर काला पत्थर बन्दै गइरहेका छन्, हिँउ झर्नुपर्ने ठाउँमा निरन्तर वर्षा भइरहेका छन् र त्यस्ता स्थानमा विभिन्न वनस्पतिहरू देखिन थालेका छन् । यो विषयलाई यस वर्षको पर्वतीय दिवसले समेटेको छ ।

दिवस मंगलबार १२ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वपूर्णमा जोड दिँदै हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस मनाउने गरिएको हो ।

नेपालमा पर्वतको अवस्था

पृथ्वीको कुल भू–भागको ४ प्रतिशत भाग पर्वतै–पर्वतयुक्त छ र यस ४ प्रतिशत भूभागभित्र पृथ्वीको कुल जनसंख्याको झन्डै १३ प्रतिशत मानव जीवन बस्ने गरेका छन् । विश्वको कुल जनसंख्याको ७० प्रतिशत जीवनले विभिन्न तरिकाबाट पर्वतीय क्षेत्रको पानी उपभोग गर्ने गर्छन् ।

यसैगरी नेपालको कुल भू–भागको ४३ प्रतिशत भू–भाग पहाडै–पहाडले भरिएको छ । जसको कुल १५ प्रतिशत भू–भाग हिमाली क्षेत्रले ओगटेको छ । नेपाल विश्व पर्वतीय दिवसको एउटा मूल केन्द्रबिन्दु भएको विज्ञहरुको भनाइ छ । 

विश्वमै स्वच्छ पानी पाउने मुख्य हिमालहरू नेपालमा नै बढी हुनुले नेपालको हिमाली क्षेत्रको विषयमा विश्व समुदायले चासो व्यक्त गर्ने गरेको छ ।

विश्वमा बदलिँदो मौसमको रंग, तापक्रम तथा समुल प्राणी जगतको जीवनचक्रको मुख्य केन्द्रका रूपमा पर्वतीय क्षेत्रलाई लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ