arrow

स्थानीय सरकारलाई भ्रष्ट हुनबाट जोगाउन मिडियासंग सहकार्य

जनता जगाउन पारदर्शीतामा जोड 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
local-government-media.jpg

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा ‘स्थानीय सरकार र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम’ सोमबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आयोजना एव जिल्लाका ९ वटै स्थानीय तहको आयोजनामा ‘स्थानीय सरकार र मिडिया विषयक वृहद अन्तरक्रिया कार्यक्रम’ सोमबार सम्पन्न भएको हो । 

स्थानीय तहले गरेका काम कार्बाही र सेवाबारे जनतामाझ लैजाने उदेश्यका साथ पत्रकार महासंघ कञ्चनपुर र भीमदत्त, महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी, लालझाँडी गाउँपालिकाको आयोजनामा सरोकारवाला निकायसंग छलफल गरिएको थियो ।

सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगे अनुरुप स्थानीय तहले जनतालाई कति सेवा सुविधा, विकास  र स्थानीय तहका समस्या बारे प्रस्ष्ट भई अझै स्थानीय तहलाई जनताको सारथीको रुपमा जिम्मेबार बनाउनका लागि उक्त कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा बोल्ने सरोकारवाला निकायले संघीयता कार्यान्वयन, सिंहदरबारको अधिकार हरेक जनतासामु पु¥याउनुपर्नेमा जोडदिएका छन् । स्थानीय तहलाई बलियो बनाउँदै जनताका समस्या समस्या हल गर्नका लागि स्थानीय स्तरबाटै जनताले सरकारी सेवाको पहुँचमा पुर्याउनुपर्नेमा सुझाव दिएका छन् । 

कार्यक्रममा सहभागीले स्थानीय सरकारलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । नागरिक समाज कञ्चनपुरका सह–सचिव प्रभुनिधी पन्तले स्थानीयतहबाटै जनतालाई अझै सेवा विस्तार गर्दै सिहदरबारको अधिकार प्रत्याभूतिमा जोडदिए । 

उनले सुदूरपश्चिम विश्वविद्यालय आफन्त भर्तीकेन्द्रबाट रोक्न स्थानीय सरकारले एक्सन लिनुपर्नेमा जोडदिए । शिक्षक बुद्धिजिवी उत्तम विष्टले सबै स्थानीय तहले आ–आफ्नो स्थानीय क्षेत्रभित्रका समस्या हल गर्दै जनतालाई सुविधा दिनुपर्ने सुझाव दिए । 

भीमदत्त नगरका स्थानीय युवक राजेन्द्र आग्रीले स्थानीय सरकारले महाकाली अञ्चल अस्पताल सुधारमा जोडदिए । पत्रकार खेम भण्डारीले स्थानीय तह पारदर्शी हुनुपर्नेमा जोडदिदै नगरविकास समितिको जमिन घोटालमा स्थानीय सरकार मौन बसेको बताए । पत्रकार चित्राङ्ग थापाले सुप विश्वविद्यालय र महेन्द्रनगर नगरविकास समितिको बेहाल भएको बताउदै यसतर्फ पनि स्थानीय सरकारले ध्यानदिनुपर्नेमा जोडदिए । 

कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधीले स्थानीय सरकारले संविधानको मर्म अनुसार जनताको सेवामा तल्लिन रहेको बताएका छन् । स्थानीय सरकारले संघीयता कार्यान्वयन, विकास र सम्बृद्धि र खुसी नेपालको परिकल्पना अनुसार अघि बढिरहेको बताएका छन् । 

स्थानीय सरकारले गरेका जनमुखी कामलाई मिडियाले समेत नदेखेको खाली कसैपत्रकारले इगोका भरमा बदनाम गराएको दुखेसो पोखेका थिए । स्थानीय जनप्रतिनिधीले आ–आफ्नो स्थानीय तहमा गरेका जनमुखी काम कार्बाहीलाई बाहिर ल्याईदिनुपर्नेमा जोडदिए । उनीहरुले स्थानीय सरकारका कमजोरी समेत बाहिर ल्याउनुपर्नेमा सुझाव दिए । संचार र स्थानीय सरकारबीच प्रगाढ सम्बन्धमा जोडदिए । 

बेदकोट नगरका प्रमुख अशोककुमार चन्दले स्थानीय तह अत्यन्तै जिम्मेबार ढङगबाट विकास र जनताको सेवामा रहेको बताए । उनले संघीयता कार्यान्वयन गर्नका समेत स्थानीय सरकार अग्रपङक्तिमा रहेको औल्याए ।

 ‘प्रशासनिक पुनर्संचरना गर्न सकिएको छैन, ‘उनले भने, ‘कर प्रशासनले पनि पुर्णता पाएको छैन ।’ जिम्मेबारी अनुसार राजस्व बाँडफाँट नगरिएको उनको भनाई छ । 

शुक्लाफाँटाका मेयर दिलबहादुर ऐरले शुक्लाफाँटा नगरले भ्रष्टाचार न्यूनिकरण तर्फका कार्यक्रम संचालन गरेको बताए । विकासको बाधक भ्रष्टाचार भन्दै उनले भ्रष्टाचार उन्मुख गराई नगरलाई सम्बृद्धितर्फ उन्मुख गराईरहेको बताए । 

स्थानीय सरकारलाई मिडियाले निष्पक्ष ढङगबाट हेर्नुपर्नेमा जोडदिदै उनले मिडिया र स्थानीय सरकारबीच सम्बन्ध हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा भीमदत्त नगरका उप प्रमुख शुशिला सिंह (चन्द), बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गणेश भट्ट, लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायतक लगायत विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष एव जनप्रतिनिधीको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कञ्चनपुरका राजनीतिक दलले स्थानीय सरकारले जिम्मेबारीतापुर्वक आफ्नो स्थानीय क्षेत्रको विकास र सम्बृद्धिका खटिनुपर्नेमा सुझाव दिएका छन् । पुर्वमन्त्री समेत रहेका नेकपाका नेता उर्बादत्त पन्तले स्थानीय सरकारले पारदर्शी हुनुपर्ने बताए । 

उनले स्थानीय तहमा हुने भ्रष्टाचार रोक्नका लागि संचारकर्मीले कलमनभई गंगा भएर अघि बढ्नुपर्नेमा जोडदिए । स्थानीय तहले गरेका जनमुखी काम कार्बाही समेत संचारमाध्याममा सम्प्रेषण गर्नुपर्ने सुझाव दिए । काँग्रेस युवा नेता  खेमराज ऐरीले स्थानीय तहले दिगो विकास गर्नुपर्नेमा सुझाव दिए । उनले विकास निर्माण र जनताको चाहना अनुसार काम गर्नुपर्नेमा जोडदिए । 

नयाँ शक्ति पार्टी नेपाली नेतृ माया नेगीले भीमदत्त नगरभित्र रहेको स्थानीय तहको नगरविकास समितिको जमिनको सवाल उठाउदै सरकारी जमिन दिन्छु भन्दै हिनामिना भईरहेको तर्फ स्थानीय सरकारको ध्यानाकर्षण गर्नुभयो । राष्ट्रिय जनतापार्टीका नेता अम्बादत्त तिवारीले स्थानीय जनप्रतिनिधीले मतको सदुपयोग गर्नुपर्नेमा जोडदिए । 

नेकपा क्रान्तिकारी माओवादीका सह–सचिव बिष्णू नेपालीले जनतालाई सेवा सुविधा दिने विषयमा स्थानीय सरकार जिम्मेबार हुनुपर्नेमा जोडदिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चा कञ्चनपुरका सचिव राम बहादुर कार्की लगायतका राजनीतिक दलका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सदस्यले स्थानीय सरकार राम्रोसंग संचालन हुनुपर्नेमा जोडदिएका छन् । संघीयता कार्यान्वयन गर्न एव जनताको सबैभन्दा पहिलो सरकारको रुपमा रहेको स्थानीय सरकारले जनमुखी कार्यगर्नुपर्नेमा प्रदेश सासदको सुझाव थियो । 

स्थानीय सरकार बलियो भएमात्रै जनताले सेवा पाउने उनीहरुको भनाई थियो । सुदूरपश्चिम प्रदेशका नेकपाका प्रमुख सचेतक तारालामा तामाङ्गले जनतालाई प्रत्यक्ष अनुभूति दिलाउने हिसाबले स्थानीय सरकारले काम गर्नुपर्नेमा जोडदिए । 

उनले महेन्द्रनगर नगरविकास समितिको अवैध लिज प्रकरणलाई जोड्दै सबैलाई मिलार अख्तियार पनि नलाग्ने टिप्पणी गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सदस्य लालबहादुर खडका, कुन्ती जोशी लगायतका प्रदेश सदस्यको सहभागिता रहेको थियो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक तथा योजनामन्त्री प्रकास शाह, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकास बहादुर रावल लगायतका प्रदेश मन्त्रीको पनि सहभागिता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रतिनिधी सभा सदस्य एव नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टले संघीयता कार्यान्वयन गर्नका स्थानीय सरकार, मिडियाको अहमभूमिका हुने बताउनुभएकोछ  । पुर्वमन्त्री समेत रहेका नेता भट्टले जनताको सहभागितमा स्थानीय सरकारले विकास निर्माण गर्र्नुपर्नेमा सुझाव दिए । 

उनले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा आफ्नै कार्यकर्ता भएपनि कार्बाही गर्ने चेतावनी दिए । आन्तरिक छानबिन गरेर अघि बढ्ने उनको भनाई थियो । अख्तियारले आफैले जमिन लिएको बताउँदै उनले अर्को भ्रष्टाचार गरेको बताए । 

 स्थानीय तहमा स्पष्ट नीति, कार्यक्रम ल्याएर जनतालाई सेवा सुविधा दिनुपर्नेमा उनले सुझाव दिए । घनिघुत छलफल भएको नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णूदत्त अवस्थीले बताए । उनले स्थानीय सरकार, प्रदेश सरकार एव मन्त्री, प्रतिनिधी सभा सदस्य, लगायत सरोकारवाला निकायसंग स्थानीय सरकारलाई बलियो बनाई जनतालाई थप सेवा सुविधा दिने विषयमा उपलब्धीमूलक छलफल भएको महासंघले निष्कर्ष निकालेको बताए । 

आगामी दिनमा समेत यस्ता कार्यक्रम संयुक्त रुपमा अघि बढाउने अध्यक्ष अवस्थीले बताए । सहभागिले पनि स्थानीय सरकारका काम अझै प्रावकारी बताउनका लागि कार्यक्रम अझै संचालन हुनुपर्नेमा सुझाव दिएका छन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले स्थानीय सरकार मिडिया विषयमा प्रकास पारेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय श्याम भट्ट, मिन बम, कैलाली पत्रकार महासंघका अध्यक्ष भरत शाह लगायत सुप प्रदेशका पत्रकारको सहभागिता रहेको थियो । भने पत्रकार महासंघ कञ्चनपुरका सह–सचिव मोहन विष्टले स्वागत मन्तव्य राखे । 

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थीको अध्यक्षताको भएको कार्यक्रमको संचालन महासंघका सचिव अमर बहादुर चन्दले गरेका थिए । कार्यक्रममा सुप प्रदेशका मन्त्री, सांसद, स्थानीय राजनीतिक दल, विभिन्न स्थानीय  सरकारका जनप्रनिधि, नागरिक समाज, बुद्धिजिवी, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ