arrow

 ‘केपी सरकार चमत्कार, जताततै बलात्कार’

logo
 दीपेन्द्र बस्नेत 
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
kalo-patti.jpg

पुनर्वास । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्रस्थित बेलडांडी गाउँपालिकाका महिलाले आखाँमा कालोपट्टी बाधेर निर्मलालाई न्याय माग्दै र्याली निकालेर बिरोध प्रदर्शन गरेका छन् । 

बेलडाँडीकी अगुवा शान्ती नाथको संयोजकत्वमा रहेको महिला खवरदारी समिति संजालले आखाँमा कालो पट्टी बाधेर निर्मला पन्तका हत्यारालाई तुरुन्त कटघेरामा उभ्याई फासीको सजाय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

बलात्कारपछि हत्या गरिएकी १३ बर्षिया निर्मला पन्तको  ‘केपी सरकार चमत्कार, जताततै बलात्कार’ भन्ने नाराका साथ बेलडाडीमा र्याली निकालीएको सो समितिकी संयोजक शान्ती नाथले जानकारी दिइन् । एक महिलाले महिलाको समस्या बुझनुपर्ने भन्दै आन्दोलनमा सहभागी भएको उनले बताइन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्र खुल्ला सिमासंग जोडिएको हुँदा महिलामाथि हुने घटनाप्रति सबैले सजक र सचेत रहुन् भन्नको लागि समिति गठन गरिएको उनको भनाई रहेको छ । 

यो समितिले बेलडांँडी भित्रका हरेक नराम्रा कृयाकलालाई रोकथाम गर्ने र महिलाका हक अधिकारका लागि लड्ने जनाइएको छ । उक्त समितिले बेलडांडीमा केहि दिन अगाडिदेखि आन्दोलका स्वरुपहरु ल्याउँदै गरेको बेलडांडी गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ