arrow

नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

logo
प्रकाशित २०७५ मंसिर २५ मंगलबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सपालन्ट पुगेर नियमित स्वास्थ्य परिक्षण गराएका छन् । प्रधानमन्त्री ओली डा अरुण सायमीसँग नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका हुन् ।

 ३ बजे अस्पताल पुगेका उनि डाक्टर सायमीको सल्लाह सुझाव लिएर नियमित चेक जाच गरि बालुवाटार फर्किएको बताइएको छ ।  

यसअघि छातीमा सङ्क्रमण भएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका  थिए ।  छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि  महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएर लामो उपचार पछि उनि बालुवाटार फर्किएका थिए ।

डाक्टरहरुले उनलाई धेरै धपडि नगर्न तथा भिडभाड भएको ठाँउमा नजान सुझाव दिएका थिए । पछिल्लो समय उनि युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सक्रिय सहभागि भएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ