arrow

जन्ती लिएर योगी आदित्यनाथ जनकपुर आउँदै, भारतीय नेताहरुको जनकपुर मोह किन ? 

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
janakpur.jpg

जनकपुर । मर्यादापुरुष श्रीरामचन्द्र र आदर्शनारी सीताको विवाहोत्सव धुमधामका साथ जनकपुरमा मनाइँदैछ । विवाहका लागि जनकपुरमा हजारौं दर्शनार्थी भेला भएका छन् । 

भक्तजनहरु नजिकैका नदीतलाउमा स्नान गरी विवाहका लागि तम्तयार हुने गर्दछन् । मिथिलावासीले विशेष उत्सवकै रुपमा विवाह पञ्चमीलाई लिने गरेका छन् । 

मिथिला वरिवरिका आठ जिल्लामा बुधबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ । 

प्रदेश २ का पर्यटनमन्त्री रामनरेश रायका अनुसार सबै मानिस आफ्नो घरमा छोरीको बिहेमा व्यस्त भएजसरी व्यस्त छन् । 

जनकपुरको बाह्रबिहामा विवाहको काम सम्पन्न हुने गर्दछ । सीताको बिहेका लागि जनकपुर तम्तयार हुँदा जन्ती लिएर भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदैछन् । 

मन्त्री रायका अनुसार मुख्यमन्त्री आदित्यनाथ बुधबार बिहान १०ः३० बजे जनकपुरमा ओर्लने छन् ।  

जानकी मन्दिरमा केन्द्रीय र प्रदेश सरकारको उपस्थितिमा पूजाआजा हुनेछ ।  

मगदेश भवनमा स्वागत पछि ५०० बढी साधुहरुको भण्डारासहित तीन ठाउँमा भोजनको व्यवस्था हुने मन्त्री रायले जनाए । 

भोजनपछि १५ मिनेटको भीआइपी भेटघाट हुनेछ । यो भेटघाटमा योगी आदित्यनाथ र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अनौपचारिक कुराकानी गर्नेछन् । त्यसैगरी केन्द्रबाट गएका मन्त्रीले पनि कुराकानी गर्नेछन् । 

त्यसपछि बाह्रबिहामा विवाहको कार्यक्रम रहेको छ । त्रेतायुगमा भएको सीतारामको विवाहलाई अहिले पनि निरन्तरता दिइरहेको पाइन्छ । योगी आदित्यनाथको आगमनले पक्कै पनि सकारात्मक सन्देश दिएको छ । 

भारतीय नेताहरुको जनकपुर मोह किन ? 
नेपालका छोरीबेटीको बिहे भारतमा र भारतका छोरीबेटीको बिहे नेपालमा हुँदै आएको छ । प्रकृतिले रोटीबेटीको सम्बन्ध जोडेको छ । 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मामाघरमा आएको अनुभव गरेको बताएका थिए जनकपुर आउँदा ।

योगी आदित्यनाथ पनि आउँदै गर्दा भारतीय नेताहरुको जनकपुर मोह देखिए पनि धार्मिक रुपले नै जनकपुरसंग लगाब बढेको देखिन्छ । 

जनकपुरसंग जोडिन पाउँदा भारतीय नेताहरु गर्व महसुस गर्दछन् । एक पूर्व भारतीय राष्ट्रपतिले भनेका थिए –जनकपुर आउन को खोज्दैन ? 

उनको यो भनाइले भारतीय नेताहरु जनकपुरधाममा सत्कार पाउन लालायित हुन्छन् । यहाँ आएर उनीहरुले राजनीतिक माहोल बनाउन खोज्नु अर्को उद्धेश्य होला नै । तर धार्मिक र सांस्कृतिक सत्कारको अगाडि राजनीतिक स्वार्थ फिक्का लाग्ने उनीहरुको हाउभाउबाटै बुझिन्छ । 

प्रदेश २ का मुख्यमन्त्री राउत कट्टर मुस्लिम र योगी आदित्यनाथ कट्टर हिन्दूबादी हुँदा दुई मुख्यमन्त्रीबीचको तालमेललाई पनि अनौठो किसिमले विश्लेषण गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ