arrow

सर्लाही गाँजाको ट्रान्जिट बन्दै, गाँजासहित एक युवक पक्राउ

logo
प्रकाश मैनाली 
प्रकाशित २०७५ मंसिर २६ बुधबार
gaja.jpg

सर्लाही । लागु औषध गाँजासहित सर्लाहीको बागमती नगरपालिका–१, शान्तिटोलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका सर्पलाल कामीका छोरा वर्ष २६ का अजय विक रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचका क्रममा हरिवनबाट बागमतीतर्फ बा ४७ प ९२३३ नं को मोटरसाइकलमा जाँदै गर्दा विकको साथबाट एक किलो लागु औषध गाँजा बरामद भएको हो । 

उनलाई लागु औषध ओसारपसारमा मुद्दा चलाउन रातीनै ईलाका प्रहरी कार्यालय हरिवन ल्याइएको छ । प्रहरीले एक साताअघि मात्रै सर्लाहीको चुरेभेगमा पर्ने नारायणखोलास्थित सत्रकठ्ठाबाट सासापुरका एक युवकलाई ३० किलो अवैद्य लागु औषध गाँजासहित नियन्त्रणमा लिएको थियो । 

सर्लाहीको उत्तर सीमावर्ती सिन्धुली र मकवानपुरमा व्यवसायिक रुपमा गाँजा खेती हुने गरेको छ । त्यहाँ उत्पादन गरिएको गाँजा यस क्षेत्रमा ल्याएर किनबेच हुने गरेको छ । 

जिल्लाको खुल्ला सीमा नाकाहुँदा भारततर्फ समेत गाँजाको तस्करी हुने गरेको छ । यसरी गाँजाको किनबेच र ओसार–पसारको काममा युवाहरु सक्रिय हुन थालेकाले निगरानी बढाइएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी विश्वराज खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ