arrow

कुसुन्डालाई भत्ताको खुसी

logo
प्रकाशित २०७५ मंसिर २६ बुधबार
nagarpalika_photo.jpg

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ खाद्रेकी चाँदनी सिंह ठकुरीले मासिक २ हजार लोपोन्मुख भत्ता पाउने गरेकी छिन् । सरकारले लोपहुन लागकेो कुसुन्डा जातिलाई संरक्षण गर्नका लागि लोपोन्मुख भत्ता उपलब्ध गराउन थालेपछि उनीहरुलाई आर्थिक जोहोसँगै आफ्नो जातिप्रति गौरव पनि लागेको छ ।
 
“सरकारले हाम्रो संरक्षणका लागि केही सोचेकोमा मलाई खुसी लागेको छ” यो खुसीसँगै आफ्नो नामका पछाडि कुसुन्डा लेख्न नपाएकोमा उनलाई दुख पनि उस्तै लागेको छ । “सरकारले कुसुन्डा जातिलाई मान्यता नदिएर नागरिकता वनाउन दिएका आफ्नो थर लेख्न नपाइकोमा पनि दुख लागेको छ “ चाँदनीले भनिन् । उनलाई कुसुन्डा जातिको उत्थानका लागि सरकारले काम गर्नुपर्ने पनि वताईन् ।

नागरिकताको समस्याका कारण आफ्नो थरका पछाडि कुसुन्डा लेख्न नपाएकोमा विष्णुवहादुर सेनलाई दुख लागेको छ । उनलाई नागरिकतामा नै कुसुन्डा लेख्न पाउनुपर्ने धारणा समेत राखे ।

सोही ठाउँमा वस्ने भिमवहादुर सेनलाई पनि लोपोन्मुख भत्ताले साँझविहानको जोहो गर्न सजिलो भएको छ । “परिवारका सामान्य आवश्यकता पुरा गर्न पाएकोमा खुसी लागेको छ । ” सेनले वताए । उनले भत्ताले आर्थिक जोहोसँगै कुसुन्डा जातिप्रतिको सम्मान पनि महसुस गरेको वताए । “सरकारले हामीलाई सम्मान गरेको महसुस भएको छ ” उनको कथन थियो ।

तुलसीपुर उपमहानगरपालिकाबाट अहिले ८ जना कुसुन्डाहरुले लोपोन्मुख भत्ता पाइरहेका छन् । भत्ता पाउने सबै वडा नम्वर ४ खादे्रका रहेका छन् । उपमहानगरपालिकाले नियमित रुपमा भत्ता उपलब्ध गराएका कारण वालवालिकाहरुलाई अध्यापन गराउन सजिलो भएको समेत उनीहरुले वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ