arrow

अभिमुखिकरण तालीम संचालन

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७५ मंसिर २६ बुधबार
abimukhikaran.jpg

गुल्मी ।  जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार तम्घास, गुल्मीले अभिमुखिकरण तालीम संचलन गरेको छ । अभिमुखिकरण तालिममा जिल्लाका १२ वटै स्थानीय तहमा रहेका विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिका अध्यक्षको सहभागीता रहेको छ ।

बुधबार जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मी दरबार गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका ईस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सहित ४५ जनाको सहभागीता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समिति अध्यक्षलाई विद्यालयको भवन निर्माण सम्बन्धि कार्यान्वयन प्रक्रिया तथा अन्य प्राबिधिक विषयहरुमा जानकारी गराईएको थियो ।

अभिमुखिकरण तालिमको सहजीकरण आयोजनाका प्रमुख पारस पन्थीले गर्नु भएको थियो । बाकी रहेका जिल्लाका कालीगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका , चन्द्रकोट गाउँपालिका , मालिका गाउँपालिका , मदाने गाउँपालिका र मुसिकोट नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक र विद्यालय ब्यबस्थापन समिति अध्यक्षलाई  बिहिवार तालीममा सहभागी गराईने आयोजना प्रमुख पन्थीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ