arrow

निर्मलाको आत्माको शान्तिका लागि सडकमै यज्ञ

logo
ईश्वर  दत्त बडू 
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
nirmala-yagya.jpg

कञ्चनपुर । कञ्चनपुरको  जिल्लाको भीमदत्त २  की १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि आन्दोलित सङ्घर्ष समितिले उनको जन्मदिनको अवसरमा सडकमै यज्ञ गरेको छ । 

नागरिक संघर्ष समितिको अगुवाईमा परिवार, अधिकारकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेट र धर्ना स्थलमै सडकमा निर्मलाको फोटो राखेर  होम गरेका हुन् ।

धार्मिक परम्परा अनुसार पण्डित बोलाएर पूजा गरिएको सङ्घर्ष समितिकी सदस्य तथा अधिकारकर्मी शारदा चन्दले बताइन् । निर्मलाकी आमा दुर्गादेवी पन्तसहितका नागरिक संघर्ष समितिका पदाधिकारी एवं अधिकारकर्मीले पूजा गरेका थिए ।

चन्दले निर्मलाको जन्मदिनको अवसरमा उनको आत्माको शान्तिका लागि आन्दोलन स्वरूप धर्ना स्थलमै होम गरिएको हो । सरकारले अहिलेसम्म निर्मलाका हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै अधिकारकर्मीहरु पनि निराश बनेका छन् । 

यज्ञ गरिएको प्रसाद प्रधानमन्त्री, गृहमन्त्री लगायतलाई काठमाडौं पठाइएको छ । 

निर्मलाको गत साउन ११ गते हत्या भएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले वास्तविक हत्यारा नभइ विभिन्न निमुखालाई पक्राउ गरी दुःख दिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ