arrow

हुम्लेलीलाई हिमपातले सतायो

logo
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
humla-himpat.JPG.jpeg

हुम्ला । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात शुरु भएको छ । उच्च हिमाली जिल्ला हुम्लामा दोस्रोपटक हिमपात हुँदा त्यहाँको जनजीवन कष्टकर भएको छ । यसअघि गत कात्तिक महिनामा हिउँ परेको थियो । 

बुधबार राति साढे ७ बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानमा हिमपात हुँदा चिसो बढ्नाका साथै आवतजावतमा समस्या भएको स्थानीय सञ्चारकर्मी रत्न भण्डारीले बताए । 

उत्तरी नाम्खा गाउँपालिकामा एक फिटभन्दा माथि हिमपात भएको छ । सदरमुकाम सिमकोटमा पनि बिहिबार बिहानदेखि हिमपातसँगै चिसो पनि बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ