arrow

सामाजिक सञ्जालमा गलत भ्रम फैलाएको भन्दै गाउँपालिकाको आपत्ती

भ्रम सिर्जना गर्ने लाई कानुनी कारबाही गर्न माग

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ मंसिर २८ शुक्रबार
press_bigapti.jpg

बझाङ। जिल्लाको खप्तड छान्ना गाउँपालिको कृषि अबलोकन भ्रमणको बिषयलाई लिएर समाजिक सञ्जालमा केही व्यक्‍ति र सञ्चार माध्यामले गलत , तथ्यहिन कुरा  सम्प्रेसण गरेको भन्दै खप्तड छान्ना गाउँपालिकाले आपत्ती जनाएको छ भने त्यस्ता व्यक्‍तिहरु लाई कारबाहि गर्न माग गरिएको छ । सुक्रबार गाउँपलिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय जनप्रतिनिधीहरुको छबि धमिल्याउन केही व्यक्‍ति तथा सञ्चारमाध्यामहरुले  तथ्यहिन, आधारहिन, अनर्गल सुचना सम्प्रेषण गरेको भन्दै कारबाहीका लागी माग गरिएको हो ।  

नेपाल सरकारको निदृष्ट गरेको कानुन अनुसार तथा गाउँपालिकाले गरेको निणयको परिधी भित्र रहेर कृषि क्षेत्रमा आमुल परिबर्तन ल्याउन गाँउशभा बाट पारित निती तथा कार्यक्रम अन्र्तगत अध्यक्ष बर्क बहकादुर रोकायाको नेतृत्वमा मंसिर १२ गते देखि मसिंर २४ गते सम्म भ्रमण गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ “उक्त भ्रमण अबधी भरी गाँउपालिकाका कार्यबाहक अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत लगायत साखाका कर्मचारीहरु समेत नियम कार्यालयमा उपस्थित भई कार्य सम्पादन गरि रहेको र वडामा समेत कार्यबाहक वडा अध्यक्ष अन्य सबै कर्मचारीहरु उपस्थित भई सेवा प्रबाह भई रहेको उक्त भ्रमण बाट दैनिक कार्य सम्पादनमा कुनै असर नपरेको जनाईएको छ ।

विज्ञप्तीमार्फत केही व्यक्‍ति तथा सञ्चार माध्यामहरुले स्थानिय सरकारको छबि धमिल्याउन   तथ्यहिन, आधारहिन, अनर्गल , झुट्टा  प्रचारबाजी गरि गाउँपालिकाका जनप्रतिनिधीहरुको बैयक्तिक स्वतन्त्रता र मानबअधिकार तथा मौलिक हक समेतमा आघात पुग्ने गरि आम जनमानसमा भ्रम सिर्जना गराउन खोज्नेहरुको भ्रममा नपर्न सबै लाई आग्रह गरेको छ । साथै सुचनाको हक र साईबर अपराध कानुन बिपरित जनप्रतिनिधी तथा राष्ट्र सेबक कर्मचारीहरु लाई कलोकल्पीत भावनाबाट अभिप्रेरित भई लगाईएका तथ्यहिन दुष्प्रचार प्रति गाउँपालिकाको ध्यानआर्कषण भएको भन्दै अनर्गल र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने व्यक्‍ति लाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ ।

गाउँपालिकाको कृषि , पर्यटन , उर्जा तथा बिकास निर्माणको अबस्थाको बारेमा नेपाल तथा भारतका बिभिन्न भु–भागहरुमा अबलोकन भ्रमण गरि गाउँपालिकाको बिकासमा थप टेवा पुग्ने उदेश्यका साथ मंसिर १२ गते बताईएको छ । झण्डै दुई साता ब्यापी भ्रमणमा टोलीले बिश्व सम्पदा सुचिमा परेको लुम्बीनीको बिकास , कास्की जिल्लाको लुम्लेमा रहेको क्षेत्रिय कृषि अनुसन्धान केन्द्रमा  कृषि बैज्ञानिकहरु संग परामर्ष , पोखराको फेवा ताल , डेबिटफल्स , गुप्तेश्वर गुफाको पर्यटकिय अबस्थाको अबलोकन , काठमाण्डौमा रहेको ऐतिहासिक तथा पुरातत्विक सम्पदा तथा त्यस क्षेत्रमा भएको बिकास तथा सभ्यताको अबलोकन , एसिया कै अर्गानिक बाली फलाउने एक मात्र राज्यका रुपमा प्रख्यात भारतको सिक्कीमका गान्तोक र दार्जिलिङको चियाबासी,  म्यूजियम, पार्कहरुको लगायत बौद्ध गुम्बाहरुको समेत अबलोकन गरिएको छ । त्यसै गरि टोलीले ईलामको चियाबारी लगायत यस क्षेत्रमा भई रहेको पर्यटकिय गतीबिधीका बारेमा समेत जानकारी लिएको छ ।

 नेपाल कै प्रख्यात गाईपालका लागी प्रसिद्ध मानिने चितबनको राष्ट्रिय गाई अनुसन्धान केन्द्रको भ्रमण र पशु बिज्ञ संग परामर्ष र ब्यबसायिक मौरी पालनको समेत स्थलगत अनुगमन गरेको हो । टोलीले कैलालीको धनगडीमा रहेको माछा पालन अनुसन्धान केन्द्रको समेत अबलोकन गरि मंगलबार गाँउ पुगेको थियो  । गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले भने “ भ्रमण निकै उपलब्धी मुलक भएको छ र त्यहाँका बिकासक्रम , कृषि, पर्यटन , उर्जा लगायत पुरातत्विक सम्पदाको संरक्षण र सम्बर्धन बाट भई रहेका आर्थिक गतीबिधीहरुले गरिबी निबारणमा पुर्याएको टेवाले गर्दा आफुले पनि अब गाउँपालिकामा लागु गर्न ठूलो प्रेरणा मिलेको छ”। उनले  भ्रमणको बिषयलाई लिएर सामाजिक सञ्जाल तथा केही व्यक्‍तिहरु तथा सन्चारमाध्यामहरुले आफुहरु लाई गाँउपालिकाले पैसा नदिएको भन्दै भ्रम सिर्जना गरिए जनप्रतिनिधी तथा कर्मचारीको चरित्रहत्या गरेको आरोप लगाए ।  

गाँउपालिका प्रबक्ता राम बहादुर सिंहले भने  भ्रमणका बिषयमा आफुहरुलाई नसोधी केही व्यक्‍ति तथा सञ्चारमाध्याम हरुले गलत तथ्यहिन र भ्रम सिर्जन सुचना सम्प्रेषण गरेको प्रति आपत्ती जनाए  । “पत्रकार भनेको कस्तो हुनुपर्दछ पत्रकार आचारसंहितामा एकपक्षिय रुपमा सामाजिक सञ्जालमा कसैले हालेको पोष्ट तथा कमेन्ट बाट मात्र समाचार बनाएर एक पक्षलाई दवाउनु भनेको छर प्रबक्ता सिंहले भने यसरी चरित्रहत्या गर्ने अधिकार कसै संग हुदैन त्यस्ता व्यक्‍ति लाई कारबाही गरिनु पर्ने हो” ।

केही दिन अघि सामाजिक सञ्जालमा गाँउपालिकाको टोली मोजमस्ती गर्न भ्रमणमा गयो , ५५ लाख रुपया खर्च गरियो जस्ता अफाह फैलाईएको थियो । पछिल्लो समयमा स्थानीय सरकारहरुले बिकास , समृद्धि र बिभिन्न बिषयको जानकारी तथा ज्ञान लिनका लागी अबलोकन भ्रमण गरिरहेका छन् । सरकारको स्रोतको सही उपयोग गर्यो भने यसले गाउँपालिको बिकासमा ठूलो टेवा पुग्ने समेत अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ