arrow

दमक दुर्घटनाको शृंखला, मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

logo
प्रकाशित २०७५ मंसिर २९ शनिबार
damak-bike-accident.jpg

झापा। पूर्वपश्चिम राजमार्ग अन्तगर्त झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगी सडकखण्डमा शुक्रबार दिउसो सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।

दिउँसो पौने २ बजे तिर पश्चिम पट्टि पूर्वबाट पश्चिम आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाईकलले सोहि दिशातर्फ जादै गरेको साईकलयात्रीलाई ठक्कर दिदाँ सोहि ठाउँका ५० बर्षिय ईन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। ठक्करबाट सख्त घाइते उपचारका क्रममा मृत्युभएको हो।

दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालकको वतन खुल्न सकेको छैन्। घाइतेको मोरङ्गको नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। 

प्रहरीका अनुसार एक साताको अवधिमा दमक आसपासमा भएका पाँच वटा अलग दुर्घटनामा परेर बाबुछोरासहित ६ जनाको मृत्यु भैसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ