arrow

दमकमा दुर्घटनाको श्रृंखला, एकसातामा छ जनाको मृत्यु

logo
युवराज रेग्मी 
प्रकाशित २०७५ मंसिर २९ शनिबार
bike-accident1.jpg

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगी सडकखण्डमा शुक्रबार दिउँसो सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

दिउँसो पौने २ बजेतिर पश्चिमपट्टि पूर्वबाट पश्चिम आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाईकलले सोहि दिशातर्फ जाँदै गरेको साईकलयात्रीलाई ठक्कर दिदाँ सोहि ठाउँका ५० बर्षिय ईन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्करबाट सख्त घाइते उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाईते भएका मोटरसाईकल चालकको वतन खुल्न सकेको छैन । घाइतेको मोरङ्गको नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । 

प्रहरीका अनुसार एक साताको अवधिमा दमक आसपासमा भएका पाँच वटा अलग दुर्घटनामा परेर बाबुछोरासहित ६ जनाको मृत्यु भैसकेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ