arrow

घरमै गएर नागरिकता बितरण

logo
शैलेन्द्र रोकाया
प्रकाशित २०७५ मंसिर २९ शनिबार
phot_nagarikata.jpg

बझाङ । नागरिक लाई सुबिधा दिने हेतुले जिल्ला प्रसासन कार्यालय बझाङले घरमै गएर नागरिकता बितरण गरेको छ । शुक्रबार जिल्लाको खप्तड छान्ना गाँउपालिका –५ कालुखेतीमा  जिल्ला प्रसासन कार्यालयले अपाङ्गता भएका नागरिकहरुको घर मै गएर नेपाली नगरिकता प्रदान गरेको हो ।

बुधबारदेखि शुक्रबारसम्म जिल्लाको  खप्तड छान्ना गाँउपालिका ५ कालुखेतीमा धुम्ती सिबिर सञ्चालन गरिएको थियो । सिबिरमा आउन नसकेका खप्तड छान्ना गााउपालिका ५ का २० बर्षिया पुस्कर सिंह र खप्तड छान्ना गाउँपालिका ४ की २२ बर्षिया किमा रोकायाको घरमै गएर नेपाली नगरिकता दिएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले बताए । उनले भने, ‘शारीरिक रुपमा पूर्ण असक्तहरु रहेछन् उहाँहरु लाई हामीले घरमा गएर नागरिकता दिएका छौं ।’

नागरिकहरुलाई गाउँमै सेवा सुबिधा दिने उदेश्यले खप्तड छान्ना गाउँपालिका को समन्वयमा तीन दिने नागरिकता तथा मतदाता नामावली संकलन शिबिर सञ्चालन गरिएको थियो । घुम्ती शिविरमा एक सय सात जना महिला र ५५ जना पुरुष गरि एक सय ६२ जनाले नागरिकता प्राप्त गरेका छन् भने एक सय ९८ जनाले फोटो सहितको मतदाता नामावली बनाएको जिल्ला प्रसासन कार्यालय बझाङले जनाएको छ । 

नागरिकता तथा मतदाता नामावली संकलनका लागी घुम्ती शिबिर जिल्लाका अन्य गाउँपालिकाहरुमा पनि सञ्चालन गरिने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ