arrow

चुनावमा प्रतिबद्धता गरेको ५ हजार वृद्धभत्ता कता हरायो ?

logo
कौरव खत्री,
प्रकाशित २०७५ पुष १ आइतबार
musikot.jpg

गुल्मी । मुसिकोट नगरपालिकाले शुक्रवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेको वृद्धभत्ता ५ हजार कता हरायो भन्दै प्रश्न गरेका छन् ।

मुसिकोट नगरपालिका वडा नं ५ का राजेन्द्र प्रसाद सिहंले  स्थानीय तहको निर्वाचनमा भोट माग्नका लागि प्रलोभन देखाउने,भोट पाएपछि चुनावी प्रतिबद्धता विसिने किन गरेको भन्दै दुःख व्यक्त गरे ।

यस्तै  झविलाल भण्डारीले दुनाम खानेपानी योजनामा ४ करोणको लागत स्टिमेट लाएर भएकोमा २५ लाख मात्र विनोजन गर्नाले काम समयमै कसरी सम्पन्न हुन्छ र कहिले सकिन्छ भन्दै आक्रोष व्यक्त गरे । नगरपालिकाका प्रमुख ज्यूले प्रत्येक वडामा कार चल्नेगाडी सडक निर्माण भएको बताउनुहुन्थ्यो खै कता चले कार ? जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएको सेतो नम्वर प्लेटका सवारी साधनहरु दुरुपयोग नहुन भन्दै  भण्डारीले सचेत समेत गराए ।

यस्तै धर्मत्नी राकसकोटीले महिलाहरुको आयआर्जन र क्षमता बृद्धीका लागि पहिले १० प्रतिशत बजेट  बिनीयोजन गरिन्थ्यो अहिले कता गयो ,नगरपालिकाले खरका छाना विस्थापन गर्नका लागि भन्दै वितरण गरेको जस्तापाता बितरणमा पनि पक्षपात किन गरियो भन्दै राजनीतिक आस्थामा पक्षपात भएको भन्दै के जनप्रतिनिधिहरु एउटा राजनीतका मात्रै हुन भन्दै गुनासो गरिन् ।

मुसिकोट नगरपालिका वडा नं ३ का मधु मल्लले प्रत्येक विधालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्ने भन्छ तर हामीहरुको विद्युतीय व्यवस्था नै नभएको भन्दै कसरी सम्भब हुन्छ भन्दै  प्रश्न गरे ।

राम बहादुर केशीले नगरपालिकाका घरहरुमा कर त लगाईन्छ तर यसमा पनि पनलिकाको केन्द्र र गाउँका डाडाँहरुमा पनि एउटै किन भन्दै दुखेसो व्यक्त गरे ।  मुसिकोट नगरपालिकाका वडा नं १ , २ र ३ वडाहरुलाई नगरपालिकाले पाकिस्तानलाई जस्तो व्यवहार गरेको भन्दै बिकासमा सबैलाई समान रुपले हेर्न आग्रह गरे । सार्वजनिक सुनुवाईमा गुनासो राख्नेहरुले  सडक , खानेपानी , विधालय भवन लगायतका धेरै समस्याहरु राखेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा मुसिकोट नगरपालिकाकी उपप्रमुख कमला शर्माले महिलाहरुको आयआर्जनमा वृद्धी गर्नका लागि बजेटको व्यवस्था गरेकाले महिलाहरुको आय आर्जन र क्षमता वृद्धि गर्नका लागि नगरपालिकाले कार्यक्रमहरु राखेकाले महिलाहरुको बिकास । आयआर्जन र आत्म निर्भरका लागि कार्यक्रमहरु ल्याउने दावी गरिन् ।

मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले चुनावी समयमा गरेका प्रतिबद्धताहरु सबै अक्षरसह पुरा गर्ने भन्दै वृद्धभत्ता पनि सोही अनुसार कार्यान्वय गरिने बताए ।

विकासमा पालिकाले राजनीति नगरेको स्पस्ट पार्दै सापकोटाले पालिकाका सबै वडाका स्थानीयहरु आफना लागि वरावर रहको भन्दै सरकारी नं प्लेटका गाडीहरु कतै दुरुपयोग भएको कसैले थाहा पाएमा र देखेमा जानकारी गराउन आग्रह गर्दै त्यस्तो पाईए कारवाही गरेर छाडने दावी गरे ।

विधालयका भवन , खानेपानीका समस्या र सडकहरुलाई गुणस्तर बनाउनका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरेको बताए । सार्वजनिक सुनुवाईको सहजीकरण नेपाल पत्रकार महासंघ गुल्मी शाखाले गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ