arrow

टयांकरको ठक्करबाट सिटौलाको मृत्यु  

logo
मुकेश यादव
प्रकाशित २०७५ पुष २ सोमबार
accident-final.jpeg

बारा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा टयांकरको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ। टयांकरको ठक्करबाट स्कुटरमा सवार निजगढ नगरपालिका ८ कि ३७ वर्षिया दुर्गा सिटौलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ । 

ना७ख ९१७१ नम्बरको टयांकरले बा५०प ३८९ नम्बरको स्कुटरलाई आईतबार राति करिब साढे १२ बजे ठक्कर दिंदा सिटौलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पुर्वबाट आउँदै गरेको टयांकरले निजगढ–९ प्रसुती चौकमा स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट मृतकका पति ४३ बर्षीय डम्बर शिवाकोटी घाईते भएको प्रहरीले जनाएको छ।ठक्कर दिने टयांकर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेका छन्। 

शव परीक्षणका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ