arrow

बन्यो तमैलमा गाडी गुड्ने काठेपुल, यस्तो छ भित्री रहस्य 

logo
शैलेन्द्रकुमार रोकाया
प्रकाशित २०७५ पुष २ सोमबार
kathepul.jpg

बझाङ । सेती नदीको किनारा तमैल बजार नजिकै खप्तड छान्ना गाँउपालिकालाई जोड्ने गाडी गुड्ने काठेपुल निर्माण गरिएको छ । बिभिन्न निकायहरुबाट स्रोत जुटाउने गरि सेती नदीको तमैल बजार नजिकै गाडी हिड्ने काठेपुल निर्माण गरिएको हो । 

सुदुरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाको निर्देशनमा प्रदेश शभा लगायत बिभिन्न निकायहरुलाई पुल निर्माणमा स्रोत जुटाउने गरि पुल निर्माण गरिएको हो । 

थापाले अहिले उधारोमा पुल निर्माण गर्न निर्देशन दिएको र बिभिन्न निकायसंग समन्वय गरि पैसा संकलन गरिने गरि काम भएको जानकारी दिए । उनले भने, ‘ स्थानियले ढुवानीमा भाडा बढी तिर्नु पर्नेे बाध्यता मध्यनजर गरी पुल निर्माण गर्न निर्देशन दिएको हो । प्रदेशबाट वा अन्य निकायबाट स्रोत जटाउन लागिपरेका छौ ।’

यता केही सञ्चार माध्यमहरुले खप्तड छान्नाका स्थानियबासी तथा ठेकेदार शिद्धराज खड्काले ब्यक्तिगत लगानीमा पुल निर्माण गरेको भनि भ्रम सिर्जना गरेको स्थानियबासीको आरोप छ । 

एक जनाले यसरी पुल निर्माण गरेको भनी भ्रम सिर्जना गरि एकै व्यक्तिलाई हाईलाईट गरेकोले भोलीका दिनमा उधारोमा बनाएको पुलको आर्थिक स्रोतसमेत जुटाउन समस्या हुन सक्ने स्थानियको भनाई छ । 

केही दिनदेखि सामाजिक संजालमा ठेकेदार खड्काले आफुले ब्यक्तिगत रुपमा पुल निर्माण गरेको भन्दै केही स्थानिय सञ्चार माध्यममा बताएपछि खड्काको चर्काे आलोचना हुन थालेको छ । 

ठेकेदार खड्काले सस्तो लोकप्रियता कमाउन आफुले ब्यक्तिगत रुपमा काठेपुल निर्माण गरेको सार्बजनिक रुपमा बताउन थालेपछि काठेपुल बनाउन आर्थिक सहयोग गर्नेहरुले पनि सहयोग गर्न नसक्ने स्थिति आउन सक्ने स्थानियको आँकलन छ ।    

पुल बनाउन खप्तड छान्ना गाँउपालिकाले चासो नदेखाएको र खड्काले आफनो ब्यतिmगत लगानीमा पुल निर्माण गरेको भनी स्थानिय सरकारको गलत रुपमा प्रचार गरेको गाँउपालिका प्रबक्ता रामबहादुर सिंहले बताए । 

उनले भने, ‘आर्थिक बर्ष ०७३ –०७४मा ठेकेदार शिद्ध  खड्काको नेतृत्वमा १० लाखमा पुल निर्माण आर्थिक हिनामीना भएको जनगुनासो आएकाले उनी गाँउपालिका गएर आफुलाई पुल निर्माणको जिम्मा दिनु पर्यो भन्दा गाँउपालिका अध्यक्षले एक जना व्यक्तिलाई पुल जिम्माको काम दिँदा भ्रष्टाचार हुने बताउनु भएको थियो ।’ 

प्रबक्ता सिंहले गाँउपालिको एक उपभोक्ता समिती बनाई निर्माण गर्र्ने भनि मंसिर ७ गतेको बैठकमा समेत निर्णय भएको बताए । सिंहका अनुसार आफुहरु भ्रमणमा गएका बेला आफुहरुसंग समन्वय नै नगरि आफुले काम गर्ने जिम्मा नपाउने निश्चित भएपछि खड्काले गाँउपालिकाले चासो नदेखाएको भन्दै भ्रम सिर्जना गरि गाँउपालिकालाई दोष दिएर पुल निर्माण गरेको बताए ।  

यता शिद्धराज खड्काले आफुले ब्यक्तिगत रुपमा गाडी गुडाउन काठेपुल निर्माण गरेको भनि स्थानिय सञ्चार माध्यामहरुसंग बताएका थिए । पछिल्लो समयमा पक्की पुलको निर्माण कार्यलाई छिटो बनाउन दवाव दिनुको सट्टा राज्यको लाखौं रकम ४– ५ महिनामात्र हिड्ने पुलमा दुरुपयोग हुने गरेको ब्यापक जनगुनासो समेत आउने गरेको छ ।  
 



नयाँ