arrow

अवैध सुन कारोबार गर्ने ५ जना सुन व्यापारी गाउँपालिकाको नियन्त्रणमा

logo
रमित बि.क.,
प्रकाशित २०७५ पुष २ सोमबार
gold-pure.jpeg.jpeg

बाजुरा ।गौमुल गाउँपालिकाले अवैध सुन कारोबार गर्ने ५ जना सुन व्यापारीलाई नियन्त्रणमा लिएको छ । गाउँघरमा गएर सोझासाझा जनतालाई चर्को मुल्यमा ठगी व्यापार गरेको फेला परेपछि गाउँपालिकाले नियन्त्रणमा लिएको अध्यक्ष हरी बहादुर रोकायाले बताए ।

 उनले गाउँपालिकालाई समेत जानकारी नदिएर वडाहरुमा गएर सुनको जलप बनाई डुब्लिकेट सुन बिक्री गरेको पाईएको बताए ।  गलत कारोबार गरेकोले ईलाका प्रहरी कार्यालय गौमुलले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौमुलका प्रमुख हिक्मत शाहुले जानकारी दिए ।
 
सर्लाही घर भएका २ जना, बिरगंज घर भएको १ जना र भारत घर बताउने २ जना गरी ५ जना रहेको बताए । उनीहरूलाई गाउँपालिकाले कार्वाही गरेर मात्र छोड्ने उपाध्यक्ष सीता थापाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ