arrow

५१ लिटर अवैध घरेलु मदिरा बरामद

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ पुष २ सोमबार
madira1.jpg

दार्चुला । महाकाली नगरपालिकाको वडा नम्बर ४ बंगाबगड बाट प्रहरीले अवैध घरेलु मदिरा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक प्रदिप कुमार चन्द नेतृत्वमा खटिएको प्रहरी टोलीले ५१ लिटर घरेलु मदिरा बरामद गरेको हो ।

 बरामद गरिएको अवैध घरेलु मदिरालाई जिल्ला प्रहरी कार्यालयमा नगरपालिकाका प्रतिनिधि, सरोकारवाला, स्थानिय पत्रकारहरुको रहोबरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीले नगरक्षेत्रमा अवैध मदिराका कारण दिनहुँ समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा र अकालमै मृत्यु हुनेलगायतका घटनामा वृद्धि भएपछि नगरक्षेत्रभित्र अवैध मदिरा उत्पादनमा कडाइ गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ