arrow

बाल विवाह कम गर्ने प्रधानाध्यापकलाई निगरानी पत्र

logo
रमित बि.क.,
प्रकाशित २०७५ पुष ३ मंगलबार
gaumul1.jpg

बाजुरा । गौमुल गाउँपालिका बाजुराले गाउँपालिका भरि रहेका सम्पूर्ण विद्यालयहरुमा पढ्दै गरेका छात्र छात्राहरूले बीचमै विद्यालय छोड्ने र बाल विवाह गर्ने क्रमलाई रोक्न गाउँपालिकामा रहेका २३ वटै विद्यालयलाई पत्र पठाएको छ ।

पढ्ने उमेरका बालबालिकालाई विद्यालय छोड्ने अनि बाल विवाह गर्ने कार्य पूर्ण रुपमा बन्द गरी उनीहरूको सुन्दर भविष्य निमार्ण गर्ने तथा पढाई प्रति अभिप्रेरित गराउने उदेश्यले सम्पूर्ण विद्यालयहरुलाई निगरानी पत्र पठाईएको गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताए ।

 उनले,`भने´ हामीले केही वडाहरुमा बाल विवाह भएको खबर पाएपछि उनीहरूका अभिभावक बोलाई बाल विवाह रोक्न लगाएको बताए । आफ्नो विद्यालयमा पढिरहेका कुनैपनि बालबालिकालाई पढाई छोड्न र बाल विवाह गर्न नदिन नियमित रेखदेख एवम् काउन्सिलीङ्ग गर्ने र त्यस्तो कार्य भएको पाएमा तत्काल गाउँपालिकालाई खबर गर्ने निर्देशन गरेको अध्यक्ष रोकायाले बताए ।
 
गाउँपालिका भित्र रहेका सबै वडाका बाल विवाह गर्नेका आमा बुबालाई गाउँपालिकाको कार्यालयमा बोलाई बाल विवाहबाट हुने समस्या र त्यसको न्युनिकरणका बिषयमा छलफल समेत गरिएको उपाध्यक्ष सिता थापाले बताईन। उनले बाल विवाह गर्ने र गराउने सम्पूर्ण जोडीका आमा बुबाहरुलाई बाल विवाह सम्बन्धि प्रशिक्षण दिएको बताईन् । आफुहरु गाउँपालिको विकासका लागि अरदम तयार रहेको बताउदै गलत कामका बिरुद्ध सबैले लाग्न आग्रह गरिन् ।

 गएको साता गाउँपालिकाले गाउँपालिका भित्र बाल विवाह गर्ने करिब ६ वटा बाल विवाह गरेका जोडीलाई बाल विवाह गर्ने रोक लगाएर आ-आफ्नो घर पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ