arrow

दुई नेता प्रहरी हिरासतबाटै आमरण अनसनमा

logo
मुकेश यादव
प्रकाशित २०७५ पुष ४ बुधबार
jalandhar-prabhu.jpg

बारा । जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा रहेका दुई जना नेता मंगलबारदेखि आमरण अनसनमा बसेका छन् ।

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीन दिनअघि पक्राउ परेका पचरौता नगरपालिका घर भएका नेता प्रभुनाथ पटेल र जलन्धर सिंह आमरण अनसनमा बसेका हुन् । 

प्रहरीले आफूहरुलाई झूटो मुद्दामा फसाउन खोजेकोले त्यसको विरोध गर्दै आमरण अनसन सुरु गरेको सिंह र पटेलले बताएका छन् । 

नगरस्तरीय अस्पताल निर्माण गर्ने स्थानको विषयलाई लिएर गएको कात्तिक ५ गते नगरपालिका अन्तर्गतको बेल्दारी र पचरौता पिपरपाती टोलका स्थानीयबीच झडप हुँदा दुई दर्जन भन्दा बढी घाइते भएका थिए । 

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले पटेल र सिंहलाई मंसिर २९ गते पक्राउ गरेको थियो । पक्राउ परेका पटेल कलैयास्थित रामराजा  मावि शाह बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष हुन् भने सिंह गएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्दंबाट पचरौता नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार दोश्रो पटक १० दिनको म्याद थप गर्न माग गरेकोमा जिल्ला अदालत बाराले थप चार दिनको म्याद थप गरेको अदालतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ