arrow

८८ वर्षीया वृद्धालाई १६ वर्षे ठिटोद्धारा करणी

logo
रमेश विश्वकर्मा 
प्रकाशित २०७५ पुष ४ बुधबार

गुल्मी । जिल्लाको मालिका गाउँपालिका ५ छापहिलेकी ८८ बर्षिया वृद्धालाई १६ बर्षिय किशोरले करणी गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।  दिउँसो घरमै बसिरहेका बेला बलात्कार भएको प्रहरीले जनाएको छ । 

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई प्रहरीको हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिए ।  

मंगलबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्धा चलाइएको प्रहरीले जनाएको छ । 

मंगलबार वृद्धाको जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ