arrow

कांग्रेसका एकदर्जन केन्द्रीय सदस्यले मागे महाधिवेशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७५ पुष ५ बिहिबार
congress-nc-party-building.jpg

काठमाडौ‌ं । नेपाली कांग्रेसमा महासमिति बैठकमा देखिएको सकसले नयाँ नयाँ समस्या उब्जिरहेको छ । विधान निष्कर्षमा पुग्न नसक्दा नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै १२ केन्द्रीय सदस्यले महासमिति लगत्तै १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाइनु पर्ने माग गरेका छन् । 

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कमला पन्त, कल्याण गुरुङ, रामकृष्ण यादव, रत्न शेरचन र किरण यादवले निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा ८८ पृष्ठको लिखित धारणा बुधबार महासमिति बैठकमा प्रस्तुत गरेका हुन् ।

उनीहरुको भनाइमा अहिलेको विधानअनुसार ७ प्रादेशिक समिति बाहेक बनाउने अवस्था छैन । सबै तदर्थ समिति बनाएर चलाउनुपर्ने हुन्छ । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समयमै १४ औं महाधिवेशन सम्पन्न गर्न महासमिति बैठकलगत्तै कार्यतालिका ल्याउनुपर्ने माग गर्दै गर्दा नेतृत्व दवावमा परेको छ । तर सभापति शेरबहादुर देउवा यस विषयमा मौन देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ